Comments Add Comment

बार्सिलोना शानदार जितसहित क्वाटरफाइनलमा

काठमाडौं । कप्तान लियओनल मेस्सीको प्रेरणादायी प्रदर्शनमा बार्सिलोना लेगानेसलाई ५–० ले पराजित गर्दै कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ। बार्सिलोनाको फराकिलो जितमा मेस्सीले २ गोल गर्नुका साथै एक असिस्ट गरे । यस्तै एन्टोनी ग्रिजमन, आर्थर मेलो र क्लेमेन्ट लेङलेटले १–१ गोल गरे ।

त्यस्तै, मेस्सीले बार्सिलोनाको जर्सीमा पाँच सयौं खेल जितेका छन् । उनले क्लबका लागि गोल संख्या ६२३ पुर्याएका छन् ।

खेलको चौथो मिनेटमै ग्रिजमनले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । लेङलेटले २७ औं मिनेटमा मेस्सीको कर्नरमा गोल गर्दै अग्रता दोब्बर पारे । दोस्रो हाफमा बार्सिलोनाले तीन गोल थप्दा मेस्सीले दुई गोल गरे । मेसीले ५९औं र ८९औं मिनेटमा गोल गरे भने आर्थरले ७७ औं मिनेटमा गोल गरे ।

ला लिगाको अर्को क्लब सेभिया भने दोस्रो श्रेणीको मिरान्डेससंग पराजित हुँदै प्रिक्वाटरफाइनलबाटै बाहिरिएको छ । सेभिया दोस्रो श्रेणीको दशौं स्थानमा रहेको मिरानडेससँग ३–१ ले पराजित भएको हो ।

क्वाटरफाइनलमा पुग्ने आठमध्ये मिरान्डासमात्र शीर्ष श्रेणी बाहिरको क्लब हो । बार्सिलोना र मिरान्डाससँगै रियल मड्रिड, भ्यालेन्सिया, एथ्लेटिको विल्वाओ, भियारियल, ग्रानाडा, रियल सोसिडाडले क्वाटरफाइनलमा स्थान बनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment