
१७ माघ, काठमाडौं । ४० हजार घुस लिएको आरोपमा भूमिसुधार तथा मालपोत कार्यालय नवलपरासीका खरिदार नेत्रबहादुर चौधरी थारुविरुद्ध विशेष अदालत काठमाडौंमा शुक्रबार मुद्धा दायर भएको छ ।
मोही जग्गा बाँडफाँड गरिदिने प्रयोजनको लागि सेवाग्राहीसँग उक्त रकम घुस लिइसकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चौधरीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो ।
अनुसन्धानको क्रममा आरोपित चौधरीले श्रीमानको नाममा रहेको जग्गा बाँडफाँड गरिदिने प्रयोजनको लागि उक्त रकम घुस लिएको पुष्टि हुन आएको दाबीसहित उनीविरुद्ध मुद्धा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4