Comments Add Comment

दुई मोटरसाइकल र स्‍कुटर ठोक्किदा २ जनाको मृत्यु

१७ माघ, बुटवल । रुपन्देहीको सैनामैना रामापुरमा दुई मोटरसाइकल र स्कुटर ठोक्किदा दुई जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते  भएका छन् ।

लु ४२ प ७०९६ र लु ३५ प ५०१९ नम्बरको मोटरसाइकल र लु २४ प ७४७२ नम्बरको स्कुटर एकआपसमा ठोक्‍किँदा २ जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

दुर्घटनामा लु ४२ प ७०९६ नम्बरको मोटरसाइकलमा सवार सुदीप चौधरी र नवीन चौधरीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलमा प्रमुख डीएसपी भीमलाल भट्टराईले जानकारी दिए ।

मृत्यु हुने युवा अन्दाजी २०/२१ वर्ष हुन् । दुर्घटनामा अन्य १ जना गम्भीर घाइते भएका छन् । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

उनीहरुको बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार शुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment