Comments Add Comment

चितवन प्रिमियर लिगको पहिलो खेलमा भरतपुर विजयी

१७ माघ, चितवन । चितवनको नारायणगढमा शुक्रबारदेखि सुरु भएको पहिलो संस्करणको चितवन पि्रमियर लिग टि-२० क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर गुर्खाजन विजयी भएको छ ।

भरतपुरले इच्छाकामना वारियर्सलाई सुपर ओभरमा पराजित गरेको हो । भरतपुरले दिएको ११५ रनको लक्ष्य पछ्याएको इच्छाकामना ११४ रन बनाएर अलआउट भएपछि खेल सुपर ओभरमा पुगेको थियो । सुपर ओभरमा इच्छाकामनाले दिएको ४ रनको लक्ष्य भरतपुरले भेट्टाएर खेल जितेको हो ।

प्रतियोगिता अन्तर्गत शनिबार पनि एक खेल हुनेछ । शनिबार मध्यान्ह १२ बजे हुने खेलमा माडी टाइगर्स र सौराहा स्याण्ड्स भिड्ने आयोजक नारायणी एड्भर्टाइजिङका प्रवन्ध निर्देशक राजु चौधरीले जानकारी दिए ।

२५ गतेसम्म चल्ने प्रतियोगितामा चितवनका ५ टिमहरु भरतपुर गुर्खाज, सौराहा स्याण्ड्स , राप्ती र्‍यापिडस,माडी टाइगर्स र इच्छाकामना वारियर्सको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले दुई लाखसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले एक लाख पाउने छ ।

यस्तै विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीहरुले पनि पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट अलराउण्डरले पनि पुरस्कार प्राप्त गर्नेछन् ।

यस्तै हरेक दिनको म्यान अफ दि म्याचले ट्रफी प्राप्त गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment