Comments Add Comment

नेकपा बैठकमा नेता र जनप्रतिनिधिको सम्पत्ति छानविन आयोगको माग

१७ माघ,काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा तीनै तहका सरकारमा पुगेका जनप्रतिनिधिको सम्पत्ति छानविन गर्न आयोग गठनको माग गरिएको छ ।

केन्द्रीय कमिटीको शुक्रबारको बैठकमा विभिन्न समूहका टोली नेताले छलफलका निष्कर्ष सुनाउने क्रममा सम्पत्ति छानविन आयोग गठनको माग गरेका हुन् ।

राष्ट्रियसभा गृहमा जारी बैठकमा शुक्रबार चारवटा समूहका टोली नेताले रिपोर्टिङ गरेका थिए । त्यसक्रममा पारदर्शिता, सम्पत्ति विवरण सार्वजनिक हुनुपर्ने र कतिपयको आवश्यक परे सम्पत्ति छानविननै हुनुपर्ने कुरा आएको केन्द्रीय सदस्य यज्ञराज सुनुवारले बताए । समूह ११ का टोली नेता लेखनाथ न्यौपानेले आयोग गठनको प्रस्ताव राखेका थिए ।

तीन तहका सरकारका कामको मुल्यांकन हुनुपर्ने र जनप्रतिनिधिको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने कुरा बैठकमा गम्भीर रुपमा उठेको छ । राजकीय पदमा जानेहरुको सम्पत्ति छानविन गर्ने र अवसरहरु न्यायोचित रुपमा वितरण हुनुपर्ने माग केन्द्रीय कमिटी बैठकमा उठेको छ ।

शुक्रबारको बैठकमा टोली नेताहरु भगवती चौधरी, दिनानाथ शर्मा, लेखनाथ न्यौपाने र कमला रोक्काले आआफ्नो समूहमा छलफलका क्रममा आएका सुझाव प्रस्तुत गरेका थिए । प्रायः सबै टोलीबाट एकै खालका सुझाव आएको र अनुशासन आयोगले नसके अर्को आयोग गठन गरेर भने पनि गलत प्रवृतिलाई कारवाही गर्नुपर्ने माग उठेको सुनुवारले बताए ।

न्यौपानेले छलफलका सुझाव प्रस्तुत गर्दै भने ‘पार्टीमा नवधनाड्य वर्गको उदय हुँदै जानु कम्युनिस्ट आन्दोलनका लागि गम्भीर चुनौती हो । आधारभूत वर्गबाट पार्टी टाढिदै जाने अवस्था आउनु भनेको पार्टी विघटनतिर जाने हो । त्यसैले सम्पत्ति छानविन गर्ने शक्तिशाली आयोग बनाउनुपर्छ ।’

तीन तहका सरकारका कामको मुल्यांकन हुनुपर्ने र जनप्रतिनिधिको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने कुरा बैठकमा गम्भीर रुपमा उठेको छ । राजकीय पदमा जानेहरुको सम्पत्ति छानविन गर्ने र अवसरहरु न्यायोचित रुपमा वितरण हुनुपर्ने माग केन्द्रीय कमिटी बैठकमा उठेको छ ।

एमसीसीका सन्दर्भमा भने केन्द्रीय कमिटीमा बहुमत अल्पमतका आधारमा निर्णय गर्नुभन्दा पनि विज्ञहरु सहितको कार्यदल बनाएर पार्टीको एउटै धारणा लैजानुपर्ने सुझाव प्रस्तुत भएको सुनुवारले बताए । उनले एमसीसीलाई धेरै विवादित नबनाई पार्टीले जिम्मेवार ढंगले निकाल्नुपर्ने सुझाव नै आएको जानकारी दिए ।

त्यस्तै नेकपा केन्द्रीय कमिटीमा विभिन्न स्वर्गीय नेताहरुका नाममा गठन गरिएका प्रतिष्ठान विघटनको माग पनि उठेको छ । समूहगत छलफलका विषय प्रस्तुत गर्ने क्रममा स्वर्गीय नेताका नाममा पार्टीभित्र गुट चलाउने घर बनेका प्रतिष्ठानहरु खारेज गर्नुपर्ने प्रस्ताव राखिएको हो ।

समूहगत छलफलबाट पार्टीको आचारसंहिता सचिवालय तहकै नेताबाट लागु हुनुपर्ने सुझाव प्रस्तुत भएको अर्का केन्द्रीय सदस्य विष्णु रिजालले बताए । छलफलका निष्कर्ष प्रस्तुत गर्ने क्रममा स्थायी कमिटी सदस्य दिनानाथ शर्माले नेताहरुले कुनै विषयमा बोल्नुअघि पार्टी बैठकबाट धारणा बनाउनुपर्ने बताएका थिए ।

कुनै ठूला मुद्दामा पार्टीमा छलफल गरेर धारणा बनाउनुअघि नेताहरुले आफ्नो बिचार सार्वजनिक गर्दा एमसीसीमा जस्तै समस्या देखिने गरेको केन्द्रीय सदस्यहरुको ठहर छ ।

त्यस्तै कम्तीमा केन्द्रीय कमिटी सदस्य तहका नेताहरु श्रम र उत्पादनसँग जोडिने नीति बनाउन नसकिए समाजवाद होइन दलाल पुँजीवादको बाटोमा जाने खतरा बढेको नेताहरुको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment