
१७ माघ, काठमाडौं । धुम्बाराहीको कन्स्टेलेसन एकाडेमिक गार्डेन हाइस्कुलको आयोजनामा उपत्यकाव्यापी अन्तर विद्यालय बास्केटबल प्रतियोगिता सुरु भएको छ ।
प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष तथा नेपाल ओलम्पिक कमिटीका उपमहासचिव पिताम्बर तिमल्सिनाले उद्घाटन गरे ।
शुक्रबार आयोजक विद्यालय कन्स्टेलेसन हाई स्कुल र वाइट हेवेन स्कुलबीच भएको उद्घाटन खेल आयोजक विद्यालयले २६–१४ ले जितेको छ । प्रतियोगितामा विभिन्न विद्यालयका महिला र पुरुष गरी २४ टिम सहभागी भएको छ ।
बास्केटबल प्रतियोगिता माघ २४ गतेसम्म सञ्चालन हुने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अञ्जन श्रेष्ठले जानकारी दिए ।
विद्यालयको २८ औं वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा प्रिन्सीपल बाबुराम पाण्डेले विद्यालयको गतिविधि र अतिरिक्त क्रियाकलापमा विद्यालयले जोड दिएको जानकास् गराए । कार्यक्रममा काठमाडौँ महानगरपालिका ४ का वडाध्यक्ष मोहन बहादुर विष्टले विद्यालयको शैक्षिक प्रगतिको कामना गरेका थिए ।
प्रतिक्रिया 4