Comments Add Comment

खाना पकाउँदा गरिने यस्ता गल्ती, जो क्यान्सरको कारण बन्न सक्छ

खाना किन खाइन्छ ? अघाउनका लागि ? पेट भर्नका लागि ? बाँच्नका लागि ? स्वस्थ्य र तन्दुरुस्त हुनका लागि ?

हाम्रो प्रवृत्ति हेर्दा यसको जवाफ हुनसक्छ, जिब्रोको तलतल मेट्नका लागि । अर्थात स्वाद फेर्नका लागि ।

अक्सर खानेकुरा तयार गर्दा, खाँदा हामी स्वादलाई प्राथमिकता दिन्छौं । कुन खानेकुरा कति स्वस्थ्यवर्द्धक भन्ने कुरामा ध्यान दिदैनौं । कुन खानामा कति पोषक तत्व छ ? त्यस्ता पोषक तत्व कसरी ग्रहण गर्ने ? यसमा हामी बेखबर छौं । बस् हामीलाई त जिब्रोको स्वाद मेट्न पाए पुग्छ ।

त्यही कारण खानेकुरा पकाइरहँदा हामी हेक्का राख्दैनौ कि उक्त खानेकुराको पोषकतत्व कसरी सुरक्षित रहन्छ ? यो प्रश्न किनपनि उठ्छ भने खानेकुरा पकाउने क्रममा त्यसको पोषक तत्व नष्ट हुन सक्छ । यदि मिठो बनाउने चक्करमा लागियो भने । त्यती मात्र कहाँ हो र ? खानेकुरा पकाउने क्रममा गरिने कतिपय गल्तीले क्यान्सर जस्ता घातक रोग लाग्न सक्छ ।

अर्थात खानेकुराको नाममा हामी बिष सेवन गर्न पुग्छौं ।

यस्तो अवस्था त त्यो बेला बढी हुन्छ, जब पटक पटक एकै तेल प्रयोग गरिन्छ ।

हामीकहाँ के चलन छ भने, धेरै तेल हालेर खानेकुरा पकाउने । तेल बाँकी रह्यो भने, त्यसलाई पुन प्रयोग गर्ने । बजारको खानेकुरामा त यस्तो अधिक हुनेगर्छ । यद्यपी घरमा पनि हामी त्यही गल्ती गरिरहेका हुन्छौं । किनभने एक पटक प्रयोग गरिएको बाँकी तेल फ्याक्न हामीलाई लोभ लाग्छ । त्यसलाई पुन प्रयोग गर्छौ, तर त्यसले स्वास्थ्यलाई भने गंभिर असर गरिरहेको हुनछ ।

चाडपर्व, बिहे भोजमा तेलको अत्याधिक प्रयोग गर्छौ । मिठाई वा अन्य खानेकुरा पकाएर बाँकी रहेको तेल राख्छौं । त्यसलाई पुन प्रयोग गर्छौं ।

एक पटक प्रयोग गरिसकेको तेल दोस्रो वा तेस्रो वा चौथो पटकसम्म पुन प्रयोग गर्छौं । एक पटक कुनै खानेकुरा पकाएर बाँकी रहेको तेललाई पुन तताउँदा त्यो विषाक्त बन्छ । आहार विशेषज्ञका अनुसार ‘त्यसरी तताउँदा मुक्त कण बन्छ । यो मुक्त कण स्वस्थ्य कोशिकासँग जोडिन्छ र त्यसले केहि रोग पैदा गर्छ ।’

विज्ञका अनुसार त्यस्ता कणले क्यान्सर समेत पैदा गर्न सक्छ । रक्त धमनीमा खराब कोलेस्ट्रोरको स्टर बढाउँछ । धमनीमा अवरोध आउँछ ।

जति पटक ततायो, उत्तिनै विषाक्त

तेल जब पटक पटक तताइन्छ, त्यो विषाक्त बन्छ । जति धेरै पटक तताइन्छ, त्यो उत्तिनै क्यान्सरको कारक बन्न सक्छ ।

पेटको क्यान्सर हुनसक्छ

तेललाई पटक पटक तताएर प्रयोग गर्दा त्यसले पेटको क्यान्सर हुने संभावना रहन्छ ।

यसरी तेल प्रयोग गर्दा त्यसमा विस्तारै विस्तारै पि|m रेडिकल्स बन्न थाल्छ । यस रेडिकल्स श्राव भएपछि तेलको एन्टि अक्सिडेन्ट नष्ट हुन्छ । यसरी बाँकी रहेको तेल क्यान्सरको कारण बन्न सक्छ ।

कोलेस्टोर बढाउँछ

तेल तताउँदा कराहीमा कालो बोसो तत्व जम्मा हुन्छ । यो बोसो जब शरीरभित्र प्रवेश गर्छ, त्यसले कोलेस्ट्रोल बढाइदिन्छ । यसले मोटोपन पनि बढाइदिनसक्छ । एसिडिटी र मुटुको समस्या निम्त्याउन सक्छ ।

डिप फ्राइ खानेकुरा कति हानिकार ?

हामी स्वादको लागि डिप फ्राइ गरेर खानेकुरा सेवन गर्छौ । तर, यो एकदमै हानिकारक हुन्छ । डिप फ्राइ गर्दा त्यसको भाँडामा रहेको केमिकल खानेकुरामा मिसिन्छ । खानेकुरामा रहेको पोषक तत्व नष्ट हुन्छ । अत्याधिक तताइएको तेल पनि विषाक्त बन्छ । त्यसैले संभव भएसम्म डिप फ्राइ खानेकुरा सेवन गर्नु हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment