Comments Add Comment

भरपेट खाइसकेपछि पनि भोक लागेको महसुष हुन्छ ?

भरपेट खाना खानुभयो । तर, केही क्षणमै भोक लागेको महसुष भयो । किन यस्तो हुन्छ ?

पेट त भरिएको छ । केही समयअघि पेट चर्किनेगरी खाना खानुभएको थियो । यस्तो अवस्थामा भोक लागेको महसुष हुन्छ भने त्यसले शरीरमा केही गडबडी छ भन्ने संकेत गर्छ ।

१.  न्यून रक्तचाप

बारम्बार भोक लाग्नुको एउटा ठूलो कारण हुन सक्छ । आवश्यकताभन्दा बढि व्यायाम, आवश्यक कार्बोहाइड्रेट नलिनु, र लामो समयसम्म भोकै बस्नुले न्यून रक्तचापको समस्या हुन्छ । जो व्यक्तिहरु न्यून रक्तचापका रोगी छन्, उनीहरुलाई भोक बढि लाग्छ । र, उनीहरुलाई रिस पनि धेरै उठ्छ ।

अन्य समस्याहरु

थकान, टाउको दुख्ने, अत्यधिक पसीना, चक्कर लाग्नु

के गर्ने ?

पौष्टिक खानेकुराका खानुका अलावा पैदल हिँड्ने, साइक्लिङ र स्वीमिङ जस्ता व्यायाम गर्नुस

२.  मधुमेह

टाइप  र टाइप २ मधुमेहका रोगीहरुलाई पनि बारम्बार भोक लाग्छ । मधुमेहका रोगीहरुको उच्च रक्तचाप हुन्छ जसले गर्दा खाएको बेला पनि भोक लागेको महसुस हुन्छ । मधुमेहका रोगीहरुको शरीरको हरेक कोष इन्सुलिनमा निर्भर हुन्छ ।

यदि इन्सुलिन पर्याप्त मात्रामा भएन वा यसले राम्ररी काम गरेन भने सुगर ब्लडमा मिल्छ र ती कोषहरुसम्म पुग्न सक्दैन जहाँ यसको आवश्यकता हुन्छ । त्यसले गर्दा कोषले मस्तिष्कलाई सन्देश पठाउँछ कि उसलाई अत्यधिक खानुपर्ने छ र यसका कारण धेरै भोक लाग्छ ।

अन्य समस्याहरु

अत्यधिक तिर्खा, बारम्बार पिशाब आउनु, वजन कम हुनु, आँखाले धमिलो देख्नु र थकान महसुस हुनु

के गर्ने ?

ब्लड सुगरको स्तरलाई सँधै नियन्त्रित राखौं

३.  आन्द्रामा किरा

अत्यधिक भोक लाग्नुले कहिले काहीँ आन्द्रामा किरा परेकातर्फ संकेत गर्छ । यी किरा खासगरी टेपवर्म वा पिनवर्म हुन्छन् जुन आन्द्रामा लामो समयसम्म बस्न सक्छन् । यिनीहरुले परजीवी व्यक्तिको शरीरबाट सबै आवश्यक पोषक तत्व लिन्छन् जसले गर्दा खानापछि पनि भोकको महसुस भइरहन्छ ।

अन्य समस्याहरु

पेटको दुखाई, वजन कम हुनु, मुखबाट दुर्गन्ध, उल्टी र गुप्तांग चिलाउने

के गर्ने ?

बारम्बार भोक लाग्नुका साथै तौल पनि कम हुँदै गयो भने उपचार गर्नैपर्छ ।

४.  निन्द्रा नपुगेर

शरीरका लागि खाना र पानीको जति महत्व छ, उत्तिनै निन्द्राको पनि । अर्थात विश्रामको । स्वस्थ्य जीवनका लागि ७ देखि ८ घण्टा गहिरो निन्द्रा लिनुपर्छ । यस किसिमको निन्द्राले शरीरमा नयाँ स्फूर्ति पैदा गर्छ । ताजा अनुभव गरिन्छ । जबकी निन्द्रा पुगेन वा खलबलियो भने, त्यसले स्वास्थ्यमा समस्या ल्याउँछ ।

खाना खाए लगत्तै खानेकुराको तलतल लाग्नुमा पनि अनिन्द्रा एउटा कारण हो । आवश्यक भन्दा कम निदाइयो भने भोक लाग्छ ।

अन्य समस्याहरु

मुडमा परिर्वन, आलस्यता, दिउसो निद्रा नलाग्नु, तौल बढनु आदि ।

के गर्ने ?

पर्याप्त निन्द्रा लिने अभ्यास गरौं । यसबाट शरीरको इनर्जी लेभल र भोक बढाउने हार्मोन्सको स्तर सन्तुलित रहनेछ ।

५.  अत्यधिक तनाव 

हामीले महसुष गरेका छौ, सामान्य चिन्ता वा तनाव भयो भने खानमा अरुची हुन्छ । तर, कतिपय अवस्थामा यसको ठिक विपरित हुन्छ । जब तनाव हुन्छ, भोक लागेको महसुष हुन्छ ।

मनमा औडाह भएपछि, मन विचलित भएपछि यस्तो अनुभव हुन्छ ।

अत्याधिक तनावग्रस्त भएको अवस्थामा शरीरमा कोर्टिसोल नामक स्ट्रेस हार्मोन रिलिज हुन्छ, जसले गर्दा बारम्बार खाने इच्छा हुन्छ । सन् २००८ मा गरिएको एक अध्ययनको रिपोर्टअनुसार जो व्यक्तिहरु तनाव वा डिप्रेसनमा हुन्छन्, उनीहरुको शरीरमा भोक बढाउने ग्रेलिन नामक हार्मानको स्तर बढेर जान्छ । यसले गर्दा बारम्बार भोक लाग्नु स्वभाविकै हो ।

अन्य समस्याहरु

रिस, थकान, टाउको दुखाई, अनिद्रा, पेटको समस्या

के गर्ने ?

तनाव हटाउनका लागि ध्यान, योग र संगीतको सहारा लिनुपर्छ

६.  थाइराइड

थाइराइडलाई प्रभावित गर्ने हाइपरथाइराइडिज्मका कारण व्यक्तिलाई अत्यधिक भोक लाग्छ । खासमा, जब शरीरमा थाइराइड हार्मोनको स्तर बढ्छ, यसले मेटाबोलिक रेट बढाउँछ जसबाट लगातार भोक लाग्ने जस्तो समस्या उत्पन्न हुन्छ ।

अन्य समस्याहरु

पल्स रेट बढ्नु, हडबडी, अत्यधिक पसीना, कमजोरी र बारम्बार तिर्खा लाग्नु

के गर्ने ?

एक्सरसाइज गर्ने,  बदाम, ओखर र मरिचको सेवन गर्ने, दुधमा बेसार हालेर पिउने, बिहान खाली पेटमा लौकाको जुस पिउने

७. पानीको कमी

जब व्यक्तिको शरीरमा पानीको कमी हुन्छ, त्यतिबेला उसलाई अत्यधिक भोकको महसुस हुन्छ । डिहाइड्रेसन हुँदा बढि मानिसहरु मस्तिष्कबाट प्राप्त हुने भोक र तिर्खाको संकेतबीचको अन्तर बुझ्न सक्दैनन् । त्यसैले उनीहरुलाई भोजनको आवश्यकता परेको जस्तो लाग्छ, जबकि उनीहरुलाई आवश्यकता हुन्छ पानीको ।

अन्य समस्याहरु

कब्जियत, छालामा रुखोपन, तागतको कमी, पिशाबको कमी र आँखामा सुख्खापन

के गर्ने ?

डिहाइड्रेसन हुँद्या खानाभन्दा अगाडि एक वा दुई गिलास पानी पिउने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment