Comments Add Comment

देशभक्ति र सदाचारमा सम्झौता गर्दिनँ : सभामुख सापकोटा

तस्‍वीर : रासस

१९ माघ, काठमाडौं । आइतबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाका लागि बधाई तथा शुभकामना कार्यक्रम राखेको थियो ।

यसअघि अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सदस्य रहेका सापकोटाको प्रशंसा गर्दै केही सांसदले राष्ट्रियतामाथि खतरा देखिन थालेका बेला प्रतिनिधिसभाले राष्ट्रियताको विषयमा गम्भीर नेतृत्व पाएको बताएका थिए ।

राष्ट्रियतामाथिको खतराका रुपमा सांसदहरुले अमेरिकी मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी), विभिन्न विधेयकलाई देखाएका थिए । उनीहरुले राष्ट्रियताको अडानमा विगतमा जस्तै अडिग रहन सभामुख सापकोटालाई सुझाव दिएका थिए ।

यो पनि पढ्नुहोस एमसीसी समर्थकलाई भीम रावलको चुनौती-इन्डो प्यासेफिक रिपोर्ट र त्यसका श्रृंखला अध्ययन गर्नुस्

सांसदहरुको कुरा सुनिसकेपछि अन्तमा बोलेका सभामुख सापकोटा राष्ट्रियताको प्रसंगमा भावुक भए । बोल्दा बोल्दै रोकिए, पानी खाए । रुमाल झिकेर नाक पुछे ।

‘देशभक्ति र सदाचारमा सम्झौता गर्दिनँ’

नवनिर्वाचित सभामुख सापकोटाले समिति समक्ष देशभक्ति र सदाचारितामा सम्झौता नगर्ने प्रतिवद्धता जनाएका छन् ।

‘कुनै हालतमा पनि दुई वटा कुरा– मेरो जिन्दगीका मुख्य कुरा हुन्, देशभक्ति र सदाचार । दोहोर्याएर भन्न चाहन्छु, म देशभक्ति र सदाचारमा सम्झौता गर्न सक्दिन, गर्ने छैन’ सापकोटाको प्रतिवद्धता छ ।

सांसदहरुले सरोकारवालासँग पर्याप्त छलफल नगरी एमसीसी र विभिन्न विधेयक आएको भन्दै त्यसतर्फ ध्यान दिन सुझाव दिएका थिए ।

जवाफमा सापकोटाले आफूसँग स्पिरिट रहेको तर, दक्षताको कमी रहेको उल्लेख गर्दै सिक्दै संसदको गरिमालाई कायम राख्न प्रयास गरिरहेने बताए । ‘मेरो स्पिरिटले मात्रै काम नर्गन सक्छ । समाजको सबैको सहयोग चहिन्छ, विधि प्रक्रिया लागू गर्नका लागि सकेजति भगीरथ प्रयत्न गर्नेछु’ उनले भने ।

सापकोटाले संवोधनका क्रममा अल्बर्ट आइन्स्टाइन र अब्दुल कलामलाई पनि सम्झिए । ‘उहाँले ज्ञानको परिषाभा बदलिदिनुभयो, उहाँले ‘सपना त त्यो हो जो निदाउनै सक्दैन । निदाएर देख्ने सपना सपना होइन’ भनिदिनुभयो’ सापकोटाले कलामबारे भने ।

‘सकेजति विधि प्रक्रिया लागू गर्छु’

सांसदहरुले संसदमा विधि र प्रक्रियासमेत लागू हुनुपर्नेमा जोड दिएका थिए । सभामुख सापकोटाले जवाफ दिए, ‘सकेजति विधि प्रक्रिया लागू गर्छु ।’

‘राष्ट्रको मुख्य कार्यभार लोकतन्त्रको विकास, विस्तार र सुदृढिकरण नै हो । यो संसदको मूल मन्त्र पनि हो । यसमा मेरो फोकस रहन्छ’ उनको भनाइ थियो ।

यो पनि पढ्नुहोस नेकपा सांसदले मागे सञ्चारमन्त्रीको राजीनामा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment