+
+
Shares

आत्महत्या दुरुत्साहन आरोपमा श्रीमानसहित ४ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १९ गते १८:२३

१९ माघ, कैलाली । शनिबार कैलालीको अत्तरियामा मृत भेटिएकी युवतीको घटना अनुसन्धान गर्न प्रहरीले उनका श्रीमानसहित चार जनालाई पक्राउ गरेको छ।

प्रहरीले अत्तरियास्थित खाने पानी ट्याङ्की नजिकै मृत भेटिएकी २३ वर्षीया उर्मिला विष्ट कार्कीका श्रीमान् रमेश कार्कीसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मृतककी श्रीमान् सहित नन्द र सासू रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले जानकारी दिए ।

गत १६ गतेदेखि बेपत्ता भएकी विष्टको शव शनिबार फेला परेको थियो । उनका माइती पक्षले घटना शङ्कास्पद रहेको बताउँदै आएका छन्।

माइतीपक्षले आत्महत्या दुरुत्साहन सम्बन्धी जाहेरी दिएपछि उनीहरूलाई पक्राउ गरिएको प्रवक्ता बस्नेतले बताए ।

घर परिवारले मानसिक यातना दिने गरेको माइती पक्षको आरोप छ । पक्राउ परेका चारै जनाको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता बस्नेतले बताए । ‘आत्महत्या दुरुत्साहन सम्बन्धी जाहेरी आएपछि उनीहरूलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेका छौँ,’ उनले भने, ‘अनुसन्धान भइसकेपछि सत्य तथ्य सार्वजनिक हुनेछ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?