Comments Add Comment

राष्ट्र बैंकको एक सञ्चालक पद रिक्त हुँदै, खनालको औपचारिक बिदाइ आज 

डा. राजन खनाल

२० माघ, काठमाडौं । नेपाल राष्ट्र बैंक सञ्चालक समितिको एक सदस्य पद आजबाट रिक्त हुने भएको छ । अर्थमन्त्रालयको प्रतिनिधित्व गर्दै राष्ट्र बैंकको सञ्चालक समिति सदस्य रहेका अर्थ सचिव डा. राजन खनाल अवकाश हुने भएसँगै एक सञ्चालक समिति पद आजबाट रिक्त हुने भएको हो ।

राष्ट्र बैंक सञ्चालक समितिको अध्यक्ष गभर्नर नै हुने व्यवस्था छ भने अर्थ सचिव राष्ट्र बैंकको सञ्चालक समिति सदस्य रहने व्यवस्था छ । सोही व्यवस्थाअनुसार खनाल राष्ट्र बैंकको सञ्चालक थिए ।

अनिवार्य अवकाश पाएर खनाल आगामी २२ गते सरकारी सेवाबाट बिदा हुँदैछन् । अवकाश पाउन २ दिन बाँकी नै रहे पनि राष्ट्र बैंकले भने सोमबार नै बिदाइको तयारी गरेको छ ।

सोमबार बस्ने सञ्चालक समिति बैठकले खनालको बिदाइ गर्न लागेको राष्ट्र बैंकका एक अधिकारीले बताए । ‘वहाँको कार्यकाल २ दिन बाँकी नै छ, तर बोर्ड बैठक सोमबारपछि अर्को सातामात्रै बस्ने भएकाले बिदाइ गर्न लागिएको हो,’ उनले भने ।

ती अधिकारीका अनुसार खनालका लागि सोमबार नै राष्ट्र बैंकले बिदाइ भोजसमेत आयोजना गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment