+

रोनाल्डोले बराबरी गरे ट्रेजगुएटको कीर्तिमान

२०७६ माघ  २० गते ११:३७ २०७६ माघ २० गते ११:३७
रोनाल्डोले बराबरी गरे ट्रेजगुएटको कीर्तिमान

क्रिस्टियानो रोनाल्डोले इटालियन सिरी ए मा गोल गर्ने क्रम जारी गर्दा लिग लिडर युभेन्ट्सले फियोरेन्टिनालाई ३-० ले पराजित गरेको छ । युभेन्ट्सको जितमा दुई गोल गरेका रोनाल्डोले पछिल्लो ६ खेलमा मात्रै १० गोल गरिसकेका छन् ।

रोनाल्डोले ४०औं र ८० मिनेटमा गोल गरे । दुवै गोल पेनाल्टीबाट गरेका हुन् ।

अर्को एक गोल भने इन्जुरी टाइममा माथिस डे लिटले गरे । रोनाल्डोले सी ए मा युभेन्ट्सका लागि गोल गरेको यो लगातार नवौं खेल हो र उनी यस्तो उपलब्धि हासिल गर्ने २००५ पछि पहिलो खेलाडी बने । सन् २००५ मा फ्रान्सेली खेलाडी डेविड ट्रेजगुएटले लगातार ९ खेलमा गोल गरेका थिए ।

यस्तै सन् २०१८ मा स्पानिस जायन्ट रियल मड्रिडबाट इटली पुगेका रोनाल्डोले इटालियन जायन्ट्स युभेन्ट्समा लागि ७० खेल खेल्दै ५० गोलसमेत पूरा गरेका छन् ।

फियोरेन्टिनाविरुद्ध सहज जितपछि युभेन्ट्सले सिटी ए मा इन्टर मिलानविरुद्ध ३ अंकको अग्रता कायमै राखेको छ । २२ खेलबा६ युभेन्ट्सको ५४ अंक छ ।

रोमेलो लुकाकुको दुई गोल मद्दतमा उडिनेसीलाई २-० ले पराजित गर्दै इन्टरले युभेन्ट्सलाई पछ्याइरहेको छ । लुकाकुले ६४औं र ७१औं मिनेटमा गोल गरे । जितपछि इन्टरको २२ खेलबाट ५१ अंक छ ।

यसैगरी सिरो इम्मोबाइलले दुई गोल गरेपछि लाजियोले एसपीएललाई ५-१ ले पराजित गरेको छ । २१ खेलबाट ४९ अंक जोडेको लाजियो तेस्रो स्थानमा छ ।

क्रिष्टियानो रोनाल्डो

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय