+
+
Shares

ठेला व्यापारीको घिनलाग्दो काम, कुखुराको भन्दै बेचियो कौवाको मासु

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ २० गते ११:५७

कतिपय व्यापारीहरुले उपभोक्तामाथि कतिसम्मको ठगी गर्दछन् भन्ने कुराको उदाहरण हालै भारतमा फेला परेको छ । भारतको तमिलनाडुमा एकजना होटल साहुले कुखुराको मासु भनेर कागको मासु बेच्ने गरेको खुलासा भएको छ ।

तमिलनाडुको रामेश्वरमस्थित सडक किनारामा रहेका ठेला पसलहरुमा गरिएको छापामारीका क्रममा व्यापारीले चिकेन बिरयानी भन्दै कौवाको मासु हालेको बिरयानी खुवाउने गरेको फेला परेको हो ।

सरकारको खाद्य विभागले उक्त छापा मारेको थियो । त्यसक्रममा दुईजना व्यापारीलाई पक्राउ गरिएको थियो उनीहरुसँगबाट झण्डै डेढसय वटा मरेका काग समेत बरामद गरिएको छ ।

हिन्दु धर्माबलम्बीहरुको चर्चित तीर्थस्थल रामेश्वरममा दर्शन गर्न आएका तीर्थयात्रीहरुको उजुरीको आधारमा छापा मार्दा यस्तो खुलासा भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

अनुसन्धानका क्रममा अर्को डरलाग्दो तथ्य पनि फेला परेको छ । सिकारीहरुले विषालु चामल खुवाएर काग मार्ने र त्यसरी मरेका कागहरूठेला व्यापारीहरुलाई बेच्ने गरेका रहेछन् । कुखुराको मासु भन्दा त्यसरी खरीद गरिने कागको मासु निकै नै सस्तो पर्ने भएपछि ठेला व्यापारीहरुले त्यस्तो अपराध गरिरहेका थिए । यसअघि भारतको मुम्बइ, नोएडा तथा कलकत्तामा समेत कुखुरा तथा खसीको मासु भन्दै कुकुर वा बिरालोको मासु खुवाइने गरिएका समाचार सार्वजनिक भएका थिए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?