Comments Add Comment

मोवाइलको विषयमा विवाद हुँदा परिवारै मिलेर महिलाको हत्या

श्रीमान, नन्द र सासू-ससुरा पक्राउ

२० माघ, जनकपुरधाम । धनुषामा मोवाइलको विषयमा विवाद हुँदा एक महिलाको हत्या भएको छ । धनुषाको औरही गाउँपालिका-२ की २२ वर्षीया चिन्तामणि पासवानको उनकै परिवारका सदस्यले हत्या गरेको प्रहरीले दाबी गरेकोछ ।

चिन्तामणि र उनकी नन्द पुनिता पासवानबीच मोवाइलको विषयमा विवाद हुँदा झगडा भएको थियो । सोही विषयमा श्रीमान अनिलकुमार, नन्द पुनिता, सासू-ससुरा मिलेर उनको हत्या गरेको प्रहरीको भनाइ ५ ।

चिन्तामणिको घाँटी थिचेर हत्या गरेको देखिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । घाँटी थिचेर हत्या गरी अपराध लुकाउन मृतक झुण्डिएको हो भन्दै उनीहरुले हल्ला फैलाएर अटोरिक्सामा राखी प्रादेशिक अस्पताल पुर्‍याएको पाइएको डीएसपी रामेश्वर कार्कीले जानकारी दिए ।

उपचार गराउन आउँदा घटना शंकास्पद देखिएपछि उनका परिवारका सदस्यहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा मृतक चिन्तामणिका श्रीमान ३० वर्षीय अनिलकुमार पासवान, ससुरा ५५ वर्षीय राधाकृष्ण पासवान, ४५ वर्षीया सासू कुमला पासवान र २० वर्षीया नन्द पुनिता पासवान छन् ।

पक्राउ परेकाहरुलाई सोमबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ । चारै जनालाई नियन्त्रणमा लिइ थप अनुसन्धान सुरु गरिएको प्रहरीले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment