Comments Add Comment

अपाङ्ता अक्षयकोषका लागि रुपन्देहीमा सांस्कृतिक कार्यक्रम

२१ माघ, बुटवल । अपाङ्गता भएका व्यक्तिहरुको शिक्षा र स्वास्थ्यका लागि एक करोड अपाङ्गता अक्षयकोष स्थापनार्थ बृहत रुपन्देही सांस्कृतिक कार्यक्रम हुने भएको छ ।

राष्ट्रिय अपाङ्ग अनुसन्धान तथा विकास केन्द्र काठमाडौंको आयोजना, नवजीवन क्लब तिलोत्तमाको सहआयोजना तथा यशोधा फुड्स प्रालिको प्रायोजनमा फागुन २४ गते शनिबार कार्यक्रम हुने भएको हो ।

बुटवलमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा कार्यक्रमको तयारी भैरहेको राष्ट्रिय अपाङ अनुसन्धान तथा विकास केन्द्रका अध्यक्ष निलकण्ठ पौडेलले बताए । ‘अभियान काठमाडौंबाट सुरु भैसकेको भन्दै उनले ७ लाख रुपैयाँ सहयोगको बचन आएको छ र ४ लाख ७५ हजार जम्मा भैसकेको छ, रुपन्देहीबाट १ करोड जम्मा हुने आशा छ,’ उनले भने ।

नेपालका विभिन्न स्थानमा ६ वटा अपाङ्ता भएका बालबालिकाहरुलाई अध्ययन गराउन तथा पुनर्स्थापना गर्ने स्कुल खोलिएको समेत उनले बताए ।

कार्यक्रममा अपाङता भएका व्यक्तिहरुलाई निःशुल्क हृविल चियर, वैैशाखी, सेतो छडीलगायतका सामान र पुरस्कारसमेत प्रदान गरिने छ ।

शारीरिक अवस्थाका कारण भएको समस्यालाई समाधान गराउन चिकित्सकबाट उपचार गराउने कामसमेत गरिरहेको उनको भनाइ छ ।

सरकारबाट अपाङताको लागि छुट्टएिको बजेट दुरुपयोग भैरहेको उनले दुखेसो गरे । राष्ट्रिय अपाङ आयोग गठन गर्नु पर्ने मागलाई अगाडि बढाइरहेको उनले बताए ।

भोट बैकका रुपमा आफूहरुलाई प्रयोग गरिरहेको, अपाङमैत्री समाजको सोच विकास सरकारबाट नगरिदा आफूहरु समस्यामा परेको उनले बताए ।

कार्यक्रमका लागि शान्ति नमुना मावि र नवजीवन खेलमैदान मध्ये उपयुक्त स्थान छनोट गरिने नवजीवन क्लबका अध्यक्ष गोबिन्द भुषालले बताए ।

कार्यक्रममा एक खुट्टाबाट नृत्य गर्ने नृत्यङ्गना रोमा न्यौपाने, दृष्टविहीन गायक प्रकाश तिमिल्सिनाका साथै हास्यकलाकार किरण केसी रातामकै, मुलाको साग, गायक प्रमोद खरेललाई निम्त्याउने उनले बताए ।

राष्ट्रिय अपाङ्ग अनुसन्धान तथा विकास केन्द्र काठमाडौंका सदस्य गंगाराम पौडेलले सबैको हातेमालोबाट अगाडि बढ्न सकिने भन्दै समाजको विकास गर्न सबै पक्ष एकभएर लाग्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment