Comments Add Comment

बिहे फापेन भन्नेहरुका लागि फिल्म साइन गरेँः वर्षा

अभिनेत्री वर्षा राउतले करिब ८ महिनापछि दुई चलचित्र साइन गरिन् । अझै, एक चलचित्रका लागि कुरा भैरहेको र काम गर्ने सक्ने उनले जानकारी दिएकी छिन् । उनै, वर्षाले ८ महिना पर्खिएपछि किन लगातार २ चलचित्र साइन गरिन् त ?

चलचित्र ‘के घर के डेरा’को पत्रकार सम्मेलनमा अनलाइनखबरको यो प्रश्नमा उनले भनिन्–‘मलाई चलचित्र साइन नगर्दा धेरैले चलचित्र नै नपाएको भनेर लेख्नुभयो । कतिपय मिडियामा त वर्षालाई बिहे फापेन भनेर पनि समाचार आयो । यसैले, बिहे फापेन भन्नेहरुका लागि मैले चलचित्र साइन गरेकी हुँ ।’

वर्षाले आफूलाई बिहे फापेको पनि स्पष्ट पारिन् । बिहेपछि नायिका राउतका २ चलचित्र रिलिज भैसकेका छन् । उनले, नायक विपिन कार्की भएकै कारण ‘के घर के डेरा’ साइन नगरेको बताइन् । नायिका राउत र नायक कार्कीले एकपछि अर्को चलचित्रमा काम गरिरहेका छन् । ‘के घर के डेरा’ उनीहरुले काम गर्न लागेको चौथो चलचित्र हो । वर्षाले भनिन्–‘विपिन भएकै कारण म हुने हो भने त, माघ २४ गते मेरै चलचित्र रिलिज हुन्थ्यो होला नी ।’

नायिका राउतले चलचित्र ‘२ नम्बरी’मा पनि काम गर्दैछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment