Comments Add Comment

‘ओभर एक्टिङ’ भयो भन्दा दुःख लाग्योः साराअलि

बलिउड नायिका साराअलि खान र नायक कार्तिक आर्यन अभिनित चलचित्र ‘लभ आज कल’ प्रेम दिवसको अवसर पारेर रिलिज हुँदैछ । फ्रेवुअरी १४ तारिखबाट रिलिज हुन लागेको यो चलचित्रको ट्रेलरले मिश्रित प्रतिक्रिया पाइरहेको छ ।

विशेषगरि, चलचित्रको ट्रेलरमा नायिका साराअलि खानको अभिनयलाई लिएर थुप्रै ट्रोल पनि बनेका छन् । नायिकाले ओभर एक्टिङ गरेको भन्दै थुप्रै ट्रोल बनेका छन् । तर, सारालाई भने यो कुराले निकै नै चित्त दुखाएको छ ।

भारतीय मिडियासँग कुरा गर्दै साराले भनिन्–‘मलाई चलचित्रमा मेरो तौल र पहिरनको बिषयमा आलोचना गरेको भए खासै दुःख लाग्ने थिएन । तर, मेरो अभिनय ओभर भयो भन्दा निकै नै चित्त दुखेको छ ।’

विशेषगरि, एक दृश्यमा सारा रोएकी छिन् । दर्शकले सारा रोएको दृश्यमा ओभर एक्टिङ भयो भनेर आलोचना गरेका छन् । साराले भनेकी छिन्–‘यो दृश्यमा म वास्तविक रुपमा नै रोएकी थिएँ । हामीलाई अभिनय गरिसकेपछि मोनिटर हेर्ने अनुमती थिएन । यसैले पनि हामीले कस्तो अभिनय गर्यौ भन्ने थाहा थिएन । मैले यो बिषयमा निर्देशक इम्तियाज अलीसँग कुरा पनि गरेको थिएँ । उहाँले, दर्शकले चलचित्र हेरेपछि दर्शक कन्भिन्स हुने बताउनुभयो । म यो दृश्यमा नराम्री देखिएकी छु ।’

साराले दर्शकले सधै नै नायिकालाई पर्दामा आकर्षक देख्न चाहने भएकाले पनि यस्तो दृश्यमा ट्रोल हुने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment