+
+
Shares

सडकका इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ २१ गते १८:५७

२१ माघ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय, लहान सिराहाका इन्जिनियर नविनकुमार साह र सब(इन्जिनियर विरेन्द्रकुमार साहविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

रुपनी राजविराज कुनौली सडक आयोजना निर्माणको अन्तिम बिल भुक्तानी लिने क्रममा विभिन्न बाहना बनाई १५ लाख ९६ हजार रुपैयाँ घुस मागेको आरोपमा पक्राउ परेका उनीहरुविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । उनीहरुलाई घुस लिइसकेको अवस्थामा अख्तियारको बर्दिवासबाट खटिएको टोलीले पक्राउ गरेको थियो ।

उनीहरुले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० बमोजिम कसूर गरेको प्रमाण पुष्टि भएकले विशेष अदालतमा आरोपपत्र दायर गरेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।उनीहरु दुबैजनासँग १५ लाख ९६ हजार रुपैयाँ विगो माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?