Comments Add Comment

प्रदेश २ स्तरीय गोल्डकपमा बारा विजयी

२१ माघ, वीरगञ्ज । प्रदेश २ स्तरीय प्रथम गिरिजाप्रसाद कोइराला स्मृति गोल्डकप फुटबल प्रतियोगिताको मंगलबार भएको खेलमा बारा जिल्ला फुटबल संघ विजयी भएको छ ।

सिराहालाई ३–१ गोलको अन्तरले पराजित गर्दै बारा जिल्ला फुटबल संघ विजयी भएको हो । आदर्शनगर रंगशालामा भएको खेलको पहिलो हाफको ५ औं मिनेटमा चन्दन महतोले बाराका लागि खाता खोलेका थिए । खेलको दोश्रो हाफको २६ औैं मिनेटमा बाराका लागि कृष्ण चौधरी र दोश्रो हाफकै ३३ औं मिनेटमा सुरज गौरोले एक एक गोल थपेका थिए ।

पहिलो हाफको २७ औं मिनेटमा सिराहाका दिपेन्द्र कुमार चौधरीले एक मात्र सान्त्वना गोल गरेका थिए ।

खेलको म्यान अफ दी म्याच बाराका चन्दन चौधरी घोषित भए । उनलाई सनराइज बैंकका म्यानेजर नितेश खडकीले ट्रफी प्रदान गरेका थिए ।

प्रतियोगिता अन्तर्गत बुधबारको सेमिफाइनल खेलमा सप्तरी र महात्तरीबीच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment