+
+
Shares

दाङबाट ७० क्युफिट अवैध सालको काठ बरामद

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ २२ गते ९:४२

२२ माघ, दाङ । इलाका प्रहरी कार्यालय, गढवाले सत्तरी क्युफिट अवैध सालको काठ बरामद गरेको छ ।

प्रहरीले बुधबार राति करिब एक बजे दाङको राजपुर गाउँपालिका–१, माररीखोला बुकी डाँडा सामुदायिक वनबाट अन्दाजी ७० क्युफिट अवैध सालको काठ बरामद गरेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक भरतसिंह राठोरले जानकारी दिए ।

बुकीडाँडा सामुदायिक वनभित्रबाट काठ निकाल्न लागेको सूचनाका आधारमा पुगेको काठ बरामद गरिएको राठोरले जानकारी दिए । राठोरका अनुसार बरामद गरिएको काठ कसको हो भन्ने खुल्न बाँकी छ ।

प्रहरीले काठको मुचुल्का बनाई डिभिजन वन कार्यालय, देउखुरी लमहीलाई बुझाउने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?