Comments Add Comment

दयाको हातमा फिल्म नै फिल्म

नायक दयाहाङ राईको चलचित्रको लाइनअप हेर्ने हो भने, अर्को बर्ष पनि उनलाई भ्याइनभ्याई हुने निश्चित छ । किनकी, उनले जुन तरिकाले चलचित्र साइन गरिरहेका छन्, यो हेर्दा उनी कतै पैसामुखी भएका त होइनन् भन्ने टिप्पणी पनि गर्न सकिन्छ ।

दयाले केही समय अगाडि आफूले साथीहरुका चलचित्रमा काम गर्दा धेरै देखिएको भन्दै अब यसलाई कम गर्ने बताएका थिए । तर, दयाले यो बताएपनि उनलाई अफर भने आउन छाडेको छैन । अब, उनी फेरि अफर आएका सबै चलचित्रमा काम गर्ने मुडमा देखिएका छन् । कतिपयले, दयाले घर बनाइरहेको भन्दै लगालग चलचित्र साइन गरेको चर्चा समेत गरेका छन् ।

दयाले केही दिनमै चलचित्र ‘२ नम्बरी’को छायांकन सुरु गर्नेछन् । यसपछि, उनले चलचित्र ‘के घर के डेरा’मा काम गर्ने पक्का भएको छ । दयाले नायिका रेखा थापाले बनाउन लागेको चलचित्रमा पनि काम गर्ने पक्का भैसकेको छ । दयाको हातमा निर्देशक निश्चल बस्नेतले निर्देशन गर्न लागेको नयाँ चलचित्र पनि रहेको चर्चा चलचित्र बजारमा चलेको छ । निश्चल ओएसआर डीजीटलले बनाउन लागेको चलचित्रको निर्देशन गर्ने तयारीमा रहेको वुझिएको छ ।

यस्तै, दयाको करिअरकै हिट चलचित्र ‘कबड्डी’को चौथो सिरिजको पनि तयारी भैरहेको छ । दयाले अर्को बर्ष यो चलचित्रको लागि पनि समय दिनुपर्नेछ । दया अभिनित चलचित्र ‘सेन्टी भाइरस’ रिलिजको तयारीमा छ । यसरी हेर्दा दर्शकले दयालाई एकपछि अर्को चलचित्रमा हेर्न पाउने निश्चित छ । धेरै चलचित्रमा काम गर्दा दयाको क्रेज खस्किएको थियो । तर, उनले यसलाई कम गर्ने बताएपनि आफ्नै बोली पुरा गर्न भने सकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment