Comments Add Comment

विराजको गुनासो–‘फिल्म रिलिजको समयमा ब्ल्याकमेलिङ भयो’

नायक विराज भट्टको निर्माण, निर्देशन तथा अभिनय रहेको चलचित्र ‘साङ्लो’ शुक्रबारदेखि रिलिज हुँदैछ । तर, चलचित्र रिलिजको समयमा यसमा समावेश एक गीतलाई लिएर विवाद सुरु भएको छ ।

चलचित्रमा समावेश ‘झ्याम्मै आँखा झ्याम्मै’ बोलको गीतमाथि कपिराइटको उजुरी परेको छ । चलचित्रको यो गीतमा निशान भट्टराइको शब्द रहेको निर्माणपक्षले सार्वजनिक गरेको गीतमा उल्लेख छ । तर, निर्देशक सुदिप भूपाल सिंहले भने यो गीत आफूले रचना गरेको भन्दै कपिराइटको उजुरी दिएका हुन् ।

सुदिपले प्रतिलिपी अधिकारको रक्षा गर्नका लागि आफूले प्रहरीमा उजुरी दिएको उल्लेख गरेका छन् । तर, नायक तथा निर्देशक भट्टले पनि चलचित्र रिलिजको समयमा आफूमाथि ब्ल्याकमेलिङ गरिएको बताएका छन् । काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै विराजले भने–‘यसमा मेरो कुनै पनि गल्ती छैन । मैले सहमतीको प्रयास गर्दा निर्देशक सुदिपले ठूलो रकम मागेर ममाथि ब्ल्याकमेलिङ गरे ।’

विराजले भने–‘मैले सुरेश अधिकारीबाट गीत लिएको हुँ । उहाँले कहाँबाट गीत लिनुभयो मलाई थाहा छैन । मेरो गल्ती के हो र मैले क्षतीपूर्ती दिनु ? मैले सुदिपसँग सहमतीको प्रयास पनि गरेको थिएँ । तर, उहाँले १०–२० लाख दिएमात्र सहमति गर्न सकिने भन्दै उल्टै ब्ल्याकमेलिङ गर्नुभयो । के एउटा निर्दोष मान्छेलाई ब्ल्याकमेलिङ गर्नु उचित हो र ?’

विराजले कानुनले चलचित्रबाट गीत हटाउन निर्देशन दिएको खण्डमा आफूले यो गीत चलचित्रमा समावेश नगर्ने स्पष्ट पारेका छन् । उनले, गीत खिच्न खर्च भएको रकम आफूले बेहोर्ने तर आफूले कुनै पनि गैह्रकानुनी काम नगरेकोपनि स्पष्ट पारे ।

यस्तै, संगीतकार सुरेश अधिकारीले गीतमा गायक निशान भट्टराइको नाम उल्लेख हुनुलाई गल्ती मानेका छन् । उनले, निर्देशक सुदिपसँग सहमति भएको भन्दै यो गीत आफू र सुदिपले नै तयार पारेको सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment