Comments Add Comment

कर्णाली कोरिडोरकोे छारे भिरमा ट्रयाक खोल्ने जिम्मा सेनालाई दिन सुझाव

Photo Credit : thethirdpole

२२ माघ, काठमाडौं । कर्णाली कोरिडोर अन्तर्गत हुम्लाको सल्लीसल्लादेखि सिमकोट क्षेत्रमा पर्ने छारे भिरमा सडकको ट्रयाक खोल्ने जिम्मा नेपाली सेनालाई दिन सांसदहरुले सुझाव दिएका छन् ।

सेनालाई जिम्मा नदिए अझै दश वर्ष हुम्लाको सदरमुकाममा सडक सञ्जालमा नजोडिने सांसदहरुको तर्क छ ।

प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बुधबारको बैठकमा बोल्दै सांसद रंगमती शाहीले हुम्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्न छारे भिरखण्डको जिम्मा सेनालाई दिनुपर्ने धारणा राखेकी हुन् ।

सांसद गणेशकुमार पहाडीले उत्तर-दक्षिण कनेक्टिभिटीसमेत रहेको कर्णाली कोरिडोर अन्तर्गत कालीकोटको खुलालुदेखि हुम्लाको सल्लीसल्लासम्मको १२३ किलोमिटर सडक निर्माणको कार्य सेनालाई जिम्मा दिदा समयमै सम्पन्न हुने अवस्थामा रहेको बताए ।

सल्लीसल्लादेखि सिमकोटसम्मको ५० किलोमिटरको काम निजी क्षेत्रले गरिरहेको छ । तर निजी क्षेत्रलाई समय लाग्ने भन्दै त्यस क्षेत्रमा सेनालाई काम गर्न नदिए अझै १० वर्ष सिमीकोट सडक सञ्जालमा नजोडिने उनको दाबी छ ।

सांसद यज्ञराज सुनुवारले अन्य सडकको काममा केही ढिलाइ गरेर भए पनि हुम्ला जोडने कणर्ाली कोरिडोरको कामलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताए ।

उनले अहिलेसम्मको अनुभवका आधारमा छिटो काम गर्नका लागि नेपाली सेना मात्रै सक्षम रहेकाले बाँकी काम पनि सेनालाई नै दिनुपर्ने धारणा राखे ।

सांसद राजेन्द्रप्रसाद लिङ्देनले पनि निजी क्षेत्रले विस्फोटक पदार्थको प्रयोग गर्न नेपाली सेनाको सहयोग लिनुपर्ने र सेना उपलब्ध हुन नसक्दा काम प्रभावित हुने भएकाले त्यस क्षेत्रको काम सेनालाई नै दिनुपर्ने बताए ।

सडक विभागका महानिर्देशक केशबकुमार शर्माले कणर्ाली कोरिडोरको आधारभूत समस्या विस्फोटक पदार्थ भएको बताए ।

छारे भिरमा ८ किलोमिटर सडक पर्ने र त्यसमध्ये ४.५ किलोमिटर सडकको ट्रयाक खोल्न जटिल रहेको बता उनले बताए ।

नेपाली सेनाका रथी गौरव तण्डुलले सरकारले जिम्मा दिएको कुनै पनि काम नेपाली सेनाले समयमा नै सम्पन्न गर्दै आएको र कर्णाली  कोरिडोरमा पनि जिम्मा पाएको १२३ किलोमिटर क्षेत्रको ट्र्याक खोल्ने काम समयमै सम्पन्न गर्ने बताए ।

सांसदहरुले कर्णाली कोरिडोर अन्तर्गत ‘राइट अफ वे’लाई पनि विचार गर्नुपर्ने बताएका छन् । सांसदहरुले सडकको दायाँबायाँ १५/१५ मिटर छोडनुपर्ने व्यवस्थाले हिमाली क्षेत्रमा स्थानीयको खेतबारी तथा घरजग्गा पर्ने भएकाले समस्या हुने भन्दै भौगोलिकस्थिति अुनसार परिमार्जन गर्नुपर्नेमा जोड दिए ।

कणर्ाली कोरिडोरको कुल लम्बाइ ६ सय ८२ किलोमिटर छ । यो सडक बाँकेको जमुनाहदेखि सुर्खेत, कालीकोट, हुम्लाको सिमकोट हुँदै हिल्सासम्म जोडिने छ ।

हिमाली क्षेत्र र जटिल भूभागमा काम गर्नुपर्ने भएकाले सडक निर्माणमा थुप्रै समस्या झेल्नु परेको नेपाली सेना तथा निजी क्षेत्रका निर्माण कम्पनीहरुले बताएका छन् ।

कालीकोटको खुलालुदेखि हुम्लाको सिल्लीसल्लासम्मको १२३ किलोमिटर सडक निर्माणको कार्य सेनाले गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment