२२ माघ, काठमाडौं । नापी कार्यालय बाँकेका सर्वेक्षक यामबहादुर खत्री ३५ हजार रुपैयाँ घुससहित बुधबार पक्राउ परेका छन् ।
हाल साबिक भिडाउने काम बापत सेवाग्राहीसँग उक्त रकम घुस लिइसकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगकको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगंजबाट खटिएको टोलीले नापी कार्यालय बाँकेबाट उनलाई नियन्त्रणमा लिएको आयोगका सूचना अधिकारी लोकमणि पाण्डेले जानकारी दिए ।
अख्तियारले सर्वेक्षक खत्रीसँगै आफूलाई लेखापढीको काम गर्ने बताउने रुकुम पश्चिम चौरजहारी नगरपालिका-७ का प्रताप केसीलाई पनि नियन्त्रणमा लिएको छ ।
घुस रकमसहित नियन्त्रणमा लिइएका दुवै जनामाथि थप अनुसन्धान भइरहेको उनले बताए ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4