News Summary
Generated by OK AI. Editorially reviewed.- बलिउड अभिनेत्री तथा पूर्वमिस युनिभर्स इन्डिया सेलिना जेटली 'मिस युनिभर्स नेपाल' र 'मिस अर्थ नेपाल' को फिनालेमा निर्णायकका रूपमा नेपाल आएकी छन्।
- काठमाडौंमा आज साँझ हुने फिनालेमा १४ फाइनलिस्टले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् र विजेता घोषणा हुनेछ।
- आयोजक संगीता पुरीका अनुसार, मिस युनिभर्स नेपालले पुएर्तो रिको र मिस अर्थ नेपालले फिलिपिन्सको मनिलामा हुने प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछन्।
काठमाडौँ । ‘मिस युनिभर्स नेपाल’ र ‘मिस अर्थ नेपाल’ को फिनालेमा निर्णायकको रुपमा सहभागिता जनाउन बलिउड अभिनेत्री तथा पूर्वमिस युनिभर्स इन्डिया सेलिना जेटली नेपाल आएकी छन् ।
आज साँझ काठमाडौंमा आयोजना हुन लागेको फिनालेमा ती दुई टाइटलका विजेता घोषणा गर्ने कार्यक्रम छ । १४ जना फाइनलिस्टले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् ।
फिनालेमा अभिनेत्री जेटलीले मुख्य निर्णायकको भूमिका निर्वाह गर्ने जानकारी आयोजक संस्था ग्लोबल ग्ल्याम भेन्चर्सकी निर्देशक संगीता पुरीले दिइन् । उनका अनुसार, जजको रुपमा सहभागी हुन मोडल मनिका विश्वकर्मा पनि नेपाल आएकी छन् ।
पुरीका अनुसार, छनोट भएका मिस युनिभर्स नेपालले पुएर्तो रिकोमा हुने मिस युनिभर्स र मिस अर्थ नेपालले फिलिपिन्सको मनिलामा हुने मिस अर्थमा नेपालको प्रतिनिधित्व गर्नेछन् ।
‘मिस अर्थ नेपाल’ को टाइटल द हिडन ट्रेजरले छाडेयता पहिलोपटक घोषणा हुन लागेको हो ।

प्रतिक्रिया 4