Comments Add Comment

रुपन्देहीमा तेस्रो तरुण फुटसल प्रतियोगिता सुरु

२२ माघ, बुटवल । नेपाल तरुण दल ६६ औं स्थापना दिवसको अवसरमा आयोजित तेस्रो तरुण फुटसल प्रतियोगितामा आयोजक तरुण दल बुटवल नगर समितिले विजयी सुरुवात गरेको छ ।

बुटवल नगरका पूर्वनगरप्रमुख सूर्यप्रसाद प्रधान तथा उनकी पत्नी सुककुमारी प्रधानको स्मृतिमा आयोजित फुटसलमा नगर समितिले वडा नं. १ लाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

बुधबार नै भएका अरु खेलमा वडा नं. ४ ले वडा नं. १९ लाई ६–१ ले, रुपन्देही क्षेत्र नं. २ ले रुपन्देही जिल्ला समितिलाई ५–२ ले, बुटवल उपमहानगरपालिका वडा नंं ८ ले वडा नं. १५ लाई ३–२ ले, वडा नंं ३ ले तिलोत्तमा नगर समितिलाई १–० गोलले पराजित गरेको छ ।

यसैगरी वडा नं. ११ ले देवदह नगर समितिलाई ६–३ ले, वडा नं. १२ ले वडा नं. ७ लाई ५–३ ले, वडा नंं १३ ले वडा नं. ६ लाई ४–२ ले, वडा नं. २ ले वडा नं. १७ लाई ३–२ ले पराजित गरेको छ ।

प्रतियोगिताको प्रथम पुरस्कार श्रेष्ठका छोरीज्वाइ सन्तोष पिया तथा दोस्रो पुरस्कार ज्योती भण्डारीले सौजन्य गरेका छन् ।, पहिलो हुनेले ५० हजार र दोस्रो हुनेले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछ ।

त्यसैगरी उत्कृष्ट खेलाडी, उत्कृष्ट किपर, कोच, हाई स्कोर र अनुसासित टिमले २–२ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगितामा जिल्ला, क्षेत्र, नगरसहित तिलोत्तमा र देवदह नगरसमिति गरी २६ टिम सहभागी भएका खेल संयोजक सरोज दर्लामीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment