Comments Add Comment

निरोगी जीवनका लागि

स्वास्थ रहनका लागि सबैभन्दा पहिला त अनुशासित दिनचर्या आवश्यक हुन्छ । यस्तो दिनचर्या, जहाँ स्वास्थ्यलाई प्रतिकुल हुने कुनै कुरा नहोस् ।

अनुशासन, थोरै प्रयास र केहि सावधानी । यी कुराले हामीलाई सधै निरोगी राख्छ । यद्यपी हामी स्वास्थ्यसँग धेरै खेलबाड गर्छौं । मनलाग्दो जीवनशैली अपनाउँछौ । त्यसैले हामीलाई रोगी बनाउँछ । रोग लागेपछि हामी मानसिक र शारीरिक रुपले गल्दै जान्छौ । थाक्दै जान्छौ । कमजोर हुन्छौ । जाँगर हराउँछ । उर्जा हराउँछ । अन्ततः आफ्नो शरीर आफैलाई बोझिलो हुन थाल्छ । आफुलाई मात्र होइन, परिवारलाई पनि बोझिलो हुन थाल्छ । त्यही कारण स्वस्थ्य जीवनका लागि अनुशासित दिनचर्याको पालना गर्नुपर्छ ।

व्यक्तिगत प्रयास

–     समयमा सुत्ने । प्रात काल अर्थात बिहान उठेर टहल्ने । व्यायाम गर्ने । दिनभर कुर्सीमा बसेर काम गर्ने व्यक्तिले बिहान शारीरिक श्रम गर्नैपर्छ । वा व्यायाम गर्नैपर्छ ।

–     आफ्नो पाचन तन्त्रलाई स्वस्थ्य राखेर निरोगी हुन सकिन्छ । यसका लागि सही समयमा पौष्टिक आहार लिनुपर्छ ।

–     खाना खानु २० मिनेट अघि पानी पिउने । खाना खाएको समयमा पानी नपिउने । खाना खएको आधा घण्टा पछि मात्र पानी पिउने ।

–     बाहिरी गर्मीबाट आउनसाथ चिसो पानी नपिउने । कुलर वा एसीको हावामा नबस्ने । ओझेलमा बसेर धेरै समय हावा नलिने ।

–     एकग्रता बढाउन र मनलाई शान्त राख्नका लागि ध्यान एवं योगको सहारा लिने । मनलाई शान्त गर्ने ।

–     सुत्नुअघि मनलाई शान्त राख्ने । यसका लागि ध्यान वा योग गर्न सकिन्छ । दिनभरको कुरालाई भुलेर सुत्ने अभ्यास गरौं । सुत्नुअघि कतिलाई पुस्तक पढ्दा निन्द्रा लाग्छ ।

–     नियमित स्वास्थ्य जाँच गरौं । खासगरी चालिस बर्षपछि नियमित स्वास्थ्य परीक्षण गराउनुपर्छ । चिकित्सको परामर्श लिनुपर्छ । औषधी नियमित रुपले सेवन गरौ । मनोरञ्जन गरौं । खुसी रहने प्रयास गरौं ।

–     नियमित रुपमा व्यायाम गरौ । यसका लागि आधा घण्टाको तालिका तयार गरौ । योग मुद्रा बदल्दै योग गरौं । कहिले टहल्न र कहिले साइक्लिङमा जाने । कार्यलयमा लिफ्टको ठाउँमा सिंढी प्रयोग गरौ । एकै स्थानमा लामो समय नबसौ । आधा घण्टा बसेपछि यताउता हिँड्ने, जिउ तन्काउने गरौं ।

खानपानमा ध्यान

–     जंक फूड, कोल्ड डि्रंक र बनावटी चिनीजन्य खानेकुरा सेवन नगरौं । तारेको, भुटेको, मसलेदार खानेकुरा धेरै सेवन नगरौ । यस्तो खानेकुराले पाचन प्रणालीलाई बोझिलो बनाउँछ । राती आठ बजेभन्दा पछि संभव भएसम्म खाना खानु हुँदैन । राती हल्का भोजन गरौं ।

–     खाना पकाउनका लागि असंतृप्त भेजिटेबल तेल जस्तो कि, सोयाबिन, सन फ्लावर आदिको तेल प्रयोग गरौ । खानामा चिनी र नुनको मात्रा नियन्त्रण गरौं ।

–     ताजा सब्जी र फल सेवन गरौ । खानेकुरा सही ढंगले भण्डारण गरौं ।

–     खानामा सलाद, दुध, दही, दाल, हरियो सागपात, अन्न आदिको सन्तुलन मिलाउनुपर्छ । खाना पकाउने पानी शुद्ध हुनुपर्छ ।

–     अत्याधिक तेल वा मसलाले बनेको खानेकुरा सेवन गर्नु हुँदैन । खाना सही आँचमा पकाउनुपर्छ । धेरै लामो समय सागसब्जी पकाउँदा त्यसको पोषक तत्व नष्ट हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment