+
+
Shares

व्यापारीले समाजप्रतिको उत्तरदायित्व बिर्सनुहुन्न : प्रदेशप्रमुख यादव

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ २३ गते २०:१९

२३ माघ, बुटवल । प्रदेश ५ का प्रदेश प्रमुख धर्मनाथ यादवले आम नागरिकको जीवनसंग कसैले पनि खेलवाड गर्न नहुने बताएका छन् ।

जुनसुकै पेशा व्यवसाय गर्नेले उपभोक्ताको अधिकारको ख्याल गर्नुपर्ने भन्दै उनले ब्यवसायीको पनि समाजप्रति उत्तरदायी हुनुपर्ने बताए ।

खुद्रा किराना ब्यवसायी संघ रुपन्देहीको ७ औं अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यको पदस्थापन कार्यक्रममा उनले भने ‘अरु व्यवसाय भन्दा तपाईंहरुको फरक छ, समाजप्रति दायित्व र कर्तव्य पनि रहन्छ, यसलाई ध्यान दिनुस्’ उनले भने ।

पेशा व्यवसाय सञ्चालनबाटै आम नागरिकको जीवनयापन हुने भएकाले त्यस्ता विषयमा खेलाँची गर्न नहुने उनको सुझाव छ ।

यादवले उपभोक्ताको हितलाई ध्यानमा राखेर पेशा ब्यवसाय संचालन गर्न व्यवसायीहरुलाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?