Comments Add Comment

घुससहित दुई जना प्रहरी पक्राउ 

२४ माघ,बुटवल । रुपन्देहीमा दुई जना प्रहरी घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले घुससहित दुई जना प्रहरीलाई शुक्रबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रामनगर ट्राफिक बीटमा कार्यरत असई सूर्यबहादुर अधिकारी र देवदह खैरेनी पोष्टमा कार्यरत  प्रहरी जवान छवीलाल पोखरेल रहेका छन् ।

अख्तियार कार्यालय बुटवलका प्रवक्ता सुरेश भुसालका अनुसार टिपर सञ्चालनमा सहज बनाइदिने भन्दै ५ हजार घुस लिँदै गरेको अवस्थामा अधिकारीले पक्राउ परेका हुन् ।

प्रहरी जवान पोखरेललाई ३ हजार घुससहित पक्राउ गरिएको भुसालले बताए । दुबै जनालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment