+
+

बर्दिबासमा नाचे नेकपाका नेता खनाल र श्रेष्ठ

श्रवण देव श्रवण देव
२०७६ माघ २५ गते २०:१६

२५ माघ, महोत्तरी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरू एकै मञ्चमा खुलेर नाचेका छन् ।

महोत्तरीको बर्दिबासस्थित आधारशिलाको १७औं वाषिकोत्सवको अवसरमा शनिबार आयोजना गरिएको कार्यक्रममा नेकपाका वरिष्ठ नेताहरु खुलेर नाचेका हुन ।

नेकपाका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाल, पार्टीका नेता एवं प्रवक्ता नारायणकाजी श्रेष्ठसहितका केन्द्रीय एवं जिल्लास्तरीय नेताहरू एकै पटक नाच्न लाग्दा तालीको गड्गडाहट भएको थियो ।

पार्टीका नेता समेत रहेका गायक प्रदीप बम्जनले गाएको ‘अकबरी सुनलाई हजूर कसी लाउनु पर्दैन, गरी खाने मान्छेलाई हजुर ढाँटी खान मिल्दैन…’भन्ने गीतमा नेताहरू एकसाथ नाचे ।
बम्जनले गीत गाउन लाग्दा नेता एवं गायिका लक्ष्मी गुरूङसहितका महिला नेतृहरुले नेता खनाल र श्रेष्ठको हात समातेर नाचिन् ।

लेखकको बारेमा
श्रवण देव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?