Comments Add Comment

भुसालको गीति एल्बम ‘नूतन शैली’ सार्वजनिक

काठमाडौं । इजरायल निवासी गीतकार नूतन भुसालको चौंथो कृति ‘नूतन शैली’ सार्वजनिक भएको छ । जन्मदिनको अवसरमा भुसालले काठमाडौंमा एल्बमको सार्वजनिक गरेकी हुन् ।

एल्बमको वरिष्ठ गीतकार प्रा.डा. कृष्णहरि बराल, गीतकार भुसालकी आमा रामकुमारी भुसाल, गीतकार डा.राजुबाबु श्रेष्ठ, संगीतकार राजु सिंहले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा गीतकार भुसालले प्रवासमा रहँदा आफूले भोगेका र देश छोड्दा छोडिएका भावना र संवेदनाहरुलाई गीतमार्फत उजागर गरेको बताएकी थिइन् ।

आफूले नूतन शैलीमार्फत् आधुनिक संगीतमा इँटा थप्ने काम गरेको उनको भनाइ छ । संगीतकार सुनिल मास्केको सहयोगले नूतन शैली तयार भएको उनले बताइन् ।

प्रमुख अतिथि डा.कृष्णहरि बरालले पहिला केटाले केटीलाई सुनाउने गीत लेखिने गरिएको स्मरण गर्दै भुसालले भने केटीले केटालाई सुनाउने गीत लेखेकोले निरन्तरतामा क्रमभंग भएको बताए ।

संगीतकार राजु सिंहले सुनिल मास्केका संगीतमा मौलिकता र सरलताभित्र गहनता भएको बताए ।

गीतकार डा.राजुबाबु श्रेष्ठले गीति लेखनमा गरेको लगानीले देश र परिवेशभित्र महत्वपूर्ण भूमिका खेलेको बताए । नुतनलाई आफूले सिद्धहस्त गीतकारका रुपमा पाएको उनको भनाइ छ ।

शुभकामना मिडिया सोलुशनले संयोजन गरेको कार्यक्रममा एल्बममा रहेका ‘भमराको भुनभुन सुन्छु’ र ‘थाहा छैन के हुन्छ’ गीतको म्यूजिक भिडियोसमेत सार्वजनिक गरिएको थियो ।

जसमा युवराज वाइवा र मदन खड्काको निर्देशन रहेको छ भने अनिता रन्जितकार, सोनु लामा, मन्दिरा न्यौपाने, आश्विन भुसाल र ऋचा थापाको अभिनय रहेको थियो ।

गीतिसंग्रह ‘नूतन शैली’मा भुसालको एकल शब्द एवम् सुनिल मास्केको एकल संगीत रहेको छ । एल्बममा ‘भमराको भुनभुन’, ‘थाहा छैन के हुन्छ’, ‘देखेको छैन’, ‘कुक्क लाग्यो बाडुल्की’, ‘तिम्रो साथभन्दा प्यारो’ बोलका पाँचवटा गीत समावेश छन् । जसमा प्रविशा अधिकारी, निशा देशार, मीना निरौला, प्रताप दास र पूणिर्मा लामाको स्वर रहेको छ ।

गीतमा प्रदीप श्रेष्ठ, सञ्जीव बराइली र सचिन सिंहको संगीत संयोजन रहेको छ भने किशोर थापाको मिक्सिङ तथा मास्टरिङ रहेको छ । एल्बमलाई शुभकामना मिडिया सोलुशनले बजार व्यवस्थापन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment