Comments Add Comment

कप्तान मल्लको अर्धशतक

काठमाडौं । कप्तान ज्ञानेन्द्र मल्लले नेपालको लागि ओडीआई क्रिकेटमा दोस्रो अर्धशतक प्रहार गरेका छन् । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत आज (आइतबार) भइरहेको ओमानविरुद्धको खेलमा अर्धशतक बनाउँदै उनी दुई अर्धशतक हान्ने पहिलो खेलाडी बनेका हुन् ।

ओपनर ज्ञानेन्द्रले २६औं ओभरको चौथो बलमा मोहमम्द नदिमलाई चौका प्रहार गर्दै आफ्नो अर्धशतक पूरा गरेका थिए । जसमा उनले ६ चौका र १ छक्का प्रहार गरेका थिए ।

ज्ञानेन्द्रले पहिलो विकेटका लागि सुवास खकुरेलसँग ४८ र दोस्रो विकेटका लागि पारस खड्कासंग ५९ रनको साझेदारी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment