Comments Add Comment

नेपालका अभिलाश अर्याललाई नेदरल्याण्डमा राष्ट्रिय ब्याडमिन्टन अम्पायरको मान्यता

अभिलाश अर्याल बीचमा ।

२७ माघ, काठमाडौं । नेपालका युवा ब्याडमिन्टन अम्पायर अभिलाश अर्याललाई नेदरल्याण्ड्स ब्याडमिन्टन संघले त्यहाँको राष्ट्रिय ब्याडमिन्टन अम्पायरको मान्यता दिएको छ । अध्ययनका लागि नेदरल्याण्ड्समा रहेका अर्यालले त्यहाँ लिखित र प्रयोगात्मक दुवै परीक्षा पास गर्दै उक्त मान्यता पाएका हुन् । यस्तो उपलब्धी विदेशमा हासिल गर्ने उनी पहिलो हुन् ।

उनी त्यहाँको प्रख्यात एरेडिभिज ब्याडमिन्टन लिग र राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप २०२० जस्ता प्रतियोगितामा प्रयोगात्मक परीक्षामा सहभागी भएका थिए । त्यसमा सफल भएपछि उनले त्यहाँको राष्ट्रिय अम्पायरको मान्यता पाए ।

नेपालमा जुनियर खेलाडीसमेत रहेका अभिलाशले २०६० सालमा मोरङ जिल्लाबाट राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको पुरुष सिंगल्समा सहभागिता जनाएका थिए । उनी नेपालका बिडब्लुएफ सर्टिफाइड अन्तर्राष्ट्रिय लाइन जज तथा राष्ट्रिय ब्याडमिन्टन रेफ्री उदय अर्यालका छोरा हुन् ।

अभिलाश ५ वर्षअघि अध्ययनका लागि नेदरल्याण्ड्स गएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment