+
+
Shares

चीनबाट ल्याइने विद्यार्थीको निगरानीमा ६० जना स्वास्थ्यकर्मी खटाइने

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ २७ गते १३:२७

२७ माघ, काठमाडौं । स्वासथ्य तथा जनसङ्ख्या मन्त्रालयले चिनबाट नेपाल ल्याउने विद्यार्थीको लागि ६० जना स्वास्थ्यकर्मी परिचालन गर्ने भएको छ। मन्त्रालयको प्रवक्ता सागर दाहालले ६० जना स्वासथ्यकर्मीलाई तयारी अवस्थामा राख्न निर्देशन दिएको बताए।

दाहालका अनुसार क्वारेन्टाइनमा राखिने नेपालीको स्वास्थ्य निगरानीमा खटिने ६० जना चिकित्सकलाई स्वास्थ्य मन्त्रालयले आज (सोमबार) अभिमुखीकरण तालिमसमेत दिदै छ।

तालिममा क्वारेन्टाइनमा कसरी राखिने, स्वास्थ्यकर्मीले कसरी काम गर्ने र शंकास्पद अवस्थम आइलागेमा के गर्ने भनेर सिकाउने उनले जानकारी दिए। तालिम आज २ बजे इपीडीयोलोजी तथा रोग नियण्त्रण महाशाखा टेकुमा हुँदैछ।

निगरानीमा खटिने ६० जना स्वासथ्यकर्मी फरक-फरक अस्पतालमा कार्यरत रहेको शुक्रराज ट्रपिकल तथा सरवा रोग केन्द्रका प्रवक्ता डाक्टर अनुप बास्तोलाले जानकारी दिए।

मन्त्रालयले छुट्याएको ६० जनामा मेडिकल अफिसर, स्टाफ नर्स, हेल्थ असिस्टेन्ट, पारामेडिक्स लगायतका स्वास्थ्यकर्मी छन्। चीनमा विद्यार्थी लिन कहिले जाने भन्ने टुंगो भने आजको मन्त्रिपरिषदको बैठकले निर्णय गर्ने मन्त्रालयका प्रवक्ता दाहालले सुनाए।

चीनको वुहानमा रहेका १८० जना विद्यार्थीलाई सरकारले नेपाल ल्याउने तयारी गरेको छ।

गत बिहीबारको मन्त्रिपरिषदको बैठकले भक्तपुरको खरीपाटीमा क्वारेण्टाइनमा राख्ने निर्णय गरेको थियो।

यो पनि पढ्नुहोसखरिपाटी क्वारेन्टाइन ! (भिडियोसहित)यो पनि पढ्नुहोसचीनबाट उद्धार गरिने नेपालीलाई चार स्थानमा राखिनेयो पनि पढ्नुहोसवुहानका नेपालीको उद्धारका ‘मुख्य मापदण्ड’ पूरा गर्नै बाँकी !यो पनि पढ्नुहोसचीनमा रहेका छोराछोरी नेपाल ल्याउन माग गर्दै स्वास्थ्य मन्त्रालय घेराउयो पनि पढ्नुहोस‘बाँसुरी बजाउन समय छ, हामीलाई भेट्न फुर्सद हुन्न’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?