Comments Add Comment

भ्रमण वर्षको पहिलो महिनामै घटे नेपाल आउने पर्यटक

२७ माघ, काठमाडौं । सरकारले वार्षिक २० लाख पर्यटक भित्राउने लक्ष्यसहित घोषणा गरेको नेपाल भ्रमण वर्षको पहिलो महिना (जनवरी)मै नेपाल आउने पर्यटक घटेका छन् । नेपाल पर्यटन बोर्डका अनुसार जनवरी २०२० मा कूल ७९ हजार ६ सय ८६ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

यो संख्या जनवरी २०१९ को तुलनामा १५८७ ले कम हो ।  २०१९ को जनवरीमा ८१ हजार २७३ पर्यटकले नेपाल भ्रमणा गरेका थिए । जनवरीमा चिनियाँ पर्यटकको आगमन सामान्य बढेको छ । तर, भारतीय पर्यटकको संख्या भने घटेको छ । यसका वावजुत समग्र पर्यटक आगमन भने ओरालो लागेको हो ।

तथ्यांक अनुसार जनवरी २०२० मा भारतबाट १६ हजार ८ सय ८२ पर्यटक नेपाल आएका छन्। सन् २०१९ मा भारतबाट १७ हजार ६ सय ६३ पर्यटक आएका थिए । चीनबाट सन् २०१९को जनवरीमा १२ हजार ९ सय १९ पर्यटक आएकोमा सन् २०२० मा भने १३ हजार ३ सय ३ जना पर्यटक आएका छन् ।

यस वर्ष अघिल्लो वर्षको तुलनामा ३ प्रतिशतले बढी हो । अमेरिकाबाट आउने पर्यटकको संख्या ओरालो लागेको छ । अमेरिकाबाट सन् २०१९ जनवरीमा ६ हजार ५९२ जना पर्यटक आएकोमा सन् २०२० जनवरीमा ६३८६ पर्यटक आएका छन् ।

डिसेम्बर २०१९ देखि शुरु भएको कोरोना भाइरसले चीनतर्फको पर्यटन बजार खस्किदा यसले भ्रमण वर्षलाई भने नराम्रोसँग प्रभाव पर्ने देखिएको छ । किनकी चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा जनवरी र फेब्रुअरीमा चिनियाँहरु ठूलो संख्यामा भ्रमणमा निस्कने समय हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment