Comments Add Comment

जेनबुक प्रो डुओ र जेनबुक डुओका साथमा ‘भविश्यको ल्यापटप’ सार्वजनिक

२७ माघ, काठमाडौं । असुसले आफ्नो बहु प्रतिक्षित ल्यापटप श्रेणीहरु जेनबुक प्रो डुओ (यूएक्स५८१) र जेनबुक डुओ (यूएक्स४८१) नेपाली बजारमा लन्च गरेको छ ।

दि फ्यूचर अफ कम्युटिङ्गको रुपमा दुबै ल्यापटपहरुमा स्टनिंग नयाँ डिजाइन, किबोर्डका साथमा दोस्रो टचस्क्रिन रहेको छ ।

नेपालमा बढ्दो डिजिटल  प्रयोगकर्ताहरु, श्रृजनात्मक माभेरिक्स, कन्टेन्ट निर्माताहरु, सम्पादकहरु, गेमरहरु, र मल्टिटास्किंग व्यवसयाीहरुको पूर्णताका साथ शिल्प गरिएको असुसको पछिल्लो जेनबुक श्रृंखलाले प्रयोगकर्ताहरुलाई उत्पादकत्व उजागर गर्न र अधिक क्षमताहरु हासिल गर्न अनुमति प्रदान गर्दछ ।

यसका अतिरिक्त डुअल स्क्रीन ल्यापटपहरुका साथमा असुसले अन्य नक्षत्रिय विशेषताहरु पनि ल्याउँछ । यसमा नयाँ स्क्रीनप्याड २.० को लन्च पनि समावेश छ, जेनबुक १४/१५( यूएक्स४३४/ यूएक्स५३४ ) सहित ब्राण्डको ख्यातिसहित भविश्यको लागि विश्वकै उत्कृष्ट कम्प्याक्ट ल्यापटप सिरिजहरु उपलब्ध छन् ।

जेनबुक प्रो डुओ र जेनबुक डुओ

कसैको सम्पूर्ण सिर्जनात्मक शक्तिलाई उपयोग गर्नु त्यति सजिलो छैन्, जेनबुक प्रो डुओ र जेनबुक डुओले ल्यापटपहरुका लागि बनाउनुपर्ने नयाँ कारणहरु प्रस्तुत गरेको छ ।

यी दुबै ल्यापटपहरु इनपुटका लागि कीबोर्ड र सेकेण्डरी टचस्क्रीनसहित रहेका छन, ल्यापटपहरुले सिर्जनात्मकता र उत्पादकत्वलाई नयाँ उचाईमा पुर्याउनेछन् ।

कार्यक्षमतालाई उत्कृष्ट बनाउन जेनबुक प्रो डुओमा फुल वाइड ४के आसुस स्क्रीनप्याड प्लस रहेको छ जसले बिनाकुनै अवरोध सहजरुपमा मुख्य फोरके यूएचडी ओएलईडी डिस्प्लेका साथ कार्य गर्दछ ।

त्यसैगरि जेनबुक डुओमा भने फुल लेन्थको १९२० पिक्सेल असुस स्क्रीनप्याड प्लस राखिएको छ जसले मुख्य १०८०पिक्सेल फूलएचडी एलसिडी डिस्प्लेसँग बिनाकुनै अवरोध कार्य गर्दछ ।

पावर प्रदान गरिएको डुअल स्क्रीन

जेनबुक प्रो डुओमा असुस स्क्रीनप्याड प्लसको कार्यशैलीलाई उच्चतम र पर्सनलाइज गर्नका लागि फुल वाइड ४के आसुस स्क्रीनप्याड प्लस रहेको छ जसले बिनाकुनै अवरोध सहजरुपमा मुख्य फोरके यूएचडी ओएलईडी एचडीआर टचस्क्रीन साथ कार्य गर्दछ । जेनबुक डुओ फुल लेन्थको १९२० पिक्सेल असुस स्क्रीनप्याड प्लस का साथमा आउँछ, जसले मुख्य १०८०पिक्सेल फूलएचडी एलसिडी डिस्प्लेसँग बिनाकुनै अवरोध कार्य गर्दछ ।

यसमा भएको बिल्ट इन एप्सले उत्पादकत्वलाई प्रोत्साहन गर्दछ ।क्वीक कीले जटिल कीबोर्ड सिक्वेन्सहरुलाई एकै ट्यापमा सहज बनाउँछ, र हेन्डराईटिंगले टेक्स्टमा रुपान्तरण गर्न सहयोग गर्दछ । यहाँ एप स्वीचर, भ्यूम्याक्स र टास्क स्वाप जस्ता अन्य केहि उपयोगी क्वीक कन्ट्रोलहरु पनि छन्, जसले असुस जेनबुक प्रो डुओ र जेनबुक डुओको मुख्य स्क्रीन र स्क्रीनप्याड प्लसको बिचमा अन्यतक्रिया गर्न सहयोग गर्दछ । टास्क ग्रुपले तपाईँलाई एउटै टचका साथमा विभिन्न टास्कहरु गर्न वर्क मोड उपलब्ध गराउँछ । र  कुनैपन विण्डोज एप अथवा इन एप टूलबारलाई स्क्रीनप्याड प्लसमा ल्याउन सकिनेछ, जसले गर्दा मुख्य डिस्प्लेमा तपाईँलाई अधिक स्थान उपलब्ध गराउँछ ।

स्टनिंङ्ग डिस्प्ले

जेनबुक प्रो डुओमा साँच्चिकै रोमान्चक ४के यूएचडी नानोएज ओएलईडी एचडिआर डिस्प्ले राखिएको छ । यसको चारै कुनामा फ्रेमलेस डिजाइनका साथ अल्ट्रा स्लीम बेजेल्सहरु रहेका छन् । क्षमतासहितको ओएलईडी टचस्क्रीनले अल्ट्रा भिभिड कलरहरु र डिप ब्ल्याक्सहरु देखाउँछ, जहाँ सिनेमा ग्रेड १००प्रतिशत डिसीआई पी३ कलर गामुट र १००,०००ः१ कन्ट्रास रेसियो रहेको छ । निकै सानो बेजेल्सले स्क्रीन टू बडि रेसियोलाई करिब करिब बोर्डरलेस बनाउँदै ८९ प्रतिशत पुर्याएको छ, जसले अधिक स्क्रीन र अतिकम मात्र ध्यान हटाउँछ ।

जेनबुक डूओमा १०८०पी एफएचड नानोएज डिस्प्ले रहेको छ, जसको चारै कुनामा फ्रेमलेस डिजाइनसहित ९० प्रतिशतको स्क्रीन टू बडि रेसियो छ । यसको अतुलनिय मुख्य एलसिडी डिस्प्लेले प्यानटन भ्यालिडेसनका साथ १०० प्रतिशत एसआरजीबी दिन्छ ।

अतुलनीय प्रदर्शन

एकआपसमा जोडिएका डुअल स्क्रीनका साथमा असुसले शक्तिशाली कार्यक्षमतामा आफ्नो अवधारणात्मक ध्यानलगाएको छ । जेनबुक प्रो डुओमा इन्टेलको नवौं पुस्ताको इन्टेल कोर आई९ कोर प्रोसेसर छ भने जसमा गेमिंगका लागि एभिडिआ जीफोर्स आरटिएक्स २०६० ग्राफिक्स तथा ससक्त प्रकृतिको फास्ट स्टोरेज रहेको छ ।

यो अतिरिक्त शक्तिशाली संयोजनले जेनबुक प्रो डुओले यसको व्यवसायीक गुणस्तरीय कार्यहरुलाई सुनिश्चित गराउँछ, जस्तै मल्टिलेयर फोटो तथा भिडियो एडिटिङ्ग, थ्रीडी ग्राफिक्स रेण्डरिङ्ग अथवा गेम लाइभ स्ट्रीमिङ्ग । जेनबुक डुओमा भने पछिल्लो दशौं पुस्ताको इन्टेल कोर आई सेभेन १०५१०यू प्रोसेसर रहेको छ भने यसमा एनभिडिआ जीफोर्स एमएक्स२५० ग्राफीक्स र निकै तिब्रगतिको स्टोरेज रहेको छ ।

फास्ट कनेक्टिभिटी

जेनबुक प्रो डुओले पछिल्लो थण्डरबोल्ट ३ यूएसबी टाइप सी पोर्टका साथमा डोङ्गलफ्री कनेक्टिभिटी उपलब्ध गराउँछ । गीग प्लसका साथमा पछिल्लो इन्टेल वाईफाई ६ले वायरलेस स्पीडलाई नयाँ उचाईमा पुर्याउँछ ।

जेनबुक डुओ कनेक्टिभिटीको मामलामा कुनै सम्झौतागर्न चाहँदैन्, त्यसैले गसमा दुईवटा यूएसबी ३.१ जेनेरेशन २ वटा यूएसबी टाइप सी पोर्टहरु छन । जसले ४के डिप्लेलाई १० जीबीपिएससम्मको डाटा ट्रान्सफर स्पीड उपलब्ध गराउँछ ।

एसेसरिज

जेनबुक प्रो डुओका साथमा एउटा स्टायलस आउँछ भने उत्कृष्टरुपमा हेर्नको लागि ल्यापटप स्ट्याण्ड उपलब्ध हुनेछ । जेनबुक डुओमा पनि एउटा स्टायलस उपलब्ध हुनेछ भने ल्यापटप स्ट्याण्ड आउनेछ ।

स्क्रीनप्याड २.०का साथमा विश्वकै सबैभन्दा कम्प्याक्ट सिरिज जेनबुक १३(यूएक्स३३४),जेनबुक १४ (यूएक्स४३४),जेनबुक १५ (यूएक्स५३४)

टेन्थ जेनेरेशनको (यूएसक्स ३३४) माइक्रोसफ्ट अफिस एच एण्ड एसका साथमा आउँछ जसले उच्च कार्यदक्षता प्रदर्शन गर्दछ । जेनबुक १३ मा ८ औं पुस्ताको इन्टेल कोर आई सेभेन क्वाड कोर  सिपियू, एनभिडिआ जीफोर्स एमएक्स२५० ग्राफिक्स, १६जीबी र्याम र अल्ट्राफास्ट १ टेराबाईटको एसएसडी र गीगाबाइट क्लासको वाईफाई ६ रहेकोछ ।

नयाँ असुस जेनबुक १४(यूएक्स४३४) र जेनबुक १५(यूएस५३४)ले भने नयाँ समयको पातलो, हलुका र कम्प्याक्ट ल्यापटपहरुको प्रतिबिम्ब झल्काउँछ । जसमा चारै कुनामा फ्रेमलेस ननोएज डिस्प्ले छ जसले अल्ट्रास्लिम बेजेल्स प्रदान गर्दछ । यसले गर्दा स्क्रीन टू बडि रेसियो ९५ प्रतिशतसम्म रहेको छ र करिब करिब यो बोर्डररहित भ्यूइङ्ग अनुभव दिन्छ ।

डुअल स्क्रीनको निरन्तरताका साथमा नयाँ स्क्रीनप्याड २.० जेनबुक १३१४१५मा उपलब्ध रहेको छ, जसले परम्परागत ल्यापटपको अनुभवबाट माथि उठ्दै इन्टरर्याक्टिभ सेकेण्डरी स्क्रीनमा अपग्रेड गरेको छ ।

दुबै १० औं पुस्ताका ल्यापटपहरु माइक्रोसफ्ट एच एण्ड एसका साथमा उपलब्ध रहेको छ । पछिल्लो सिरिजहरुमा सबैभन्दा नयाँ १० औं पुस्ताको इन्टेल कोर आई सेभेन क्वाड कोर सिपियू, एनभिडिआ जीफोर्स जीटिएक्स १६५० म्याक्स क्यू ग्राफीक्स(जेनबुक १५) अथवा जीफोर्स एमएक्स२५०(जेनबुक १३ र १४) १६ जीबी र्याम, अल्ट्रा फास्ट १ टिबीको एसएसडी र गीगाबाइट क्लासको वाईफाई ६ रहेकोछ ।

यी सबै नयाँ जेनबुक मोडलहरु मिलिटरी ग्रेड स्ट्याण्डर्डको कायम गर्न कडा परीक्षण गरिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment