+
नेपाली क्रिकेट :

लिग २ क्रिकेट : अमेरिकाविरुद्ध नेपाल पहिले ब्याटिङ गर्दै

२०८२ कात्तिक  १५ गते १०:५७ २०८२ कात्तिक १५ गते १०:५७
लिग २ क्रिकेट : अमेरिकाविरुद्ध नेपाल पहिले ब्याटिङ गर्दै

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत यूएईमा जारी शृंखलामा नेपालले अमेरिकाविरुद्ध दोस्रो खेलमा पहिले ब्याटिङ गर्दैछ।
  • अमेरिकाका कप्तान मोनांक पटेलले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएका छन्।
  • नेपालले सोमपाल कामीको स्थानमा नन्दन यादवलाई टोलीमा समावेश गरेको छ र अब बाँकी दुवै खेल जित्नुपर्ने दबाबमा छ।

१५ कात्तिक, काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत यूएईमा जारी ओडिआई शृंखलाको आफ्नो दोस्रो खेलमा नेपालले अमेरिकाविरुद्ध पहिले ब्याटिङ गर्दै छ ।

दुबईस्थित आईसीसी एकेडेमीमा भइरहेको खेलमा अमेरिकाका कप्तान मोनांक पटेलले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

नेपालले अघिल्लो खेलबाट एक परिवर्तन गरेको छ । सोमपाल कामीको स्थानमा नन्दन यादव टोलीमा आएका छन् ।

जारी शृंखलामा नेपालले खेलेका दुवै खेलमा हार बेहोरेको छ । पहिलो खेलमा नेपालले अमेरिकासँग १०६ रनको लज्जास्पद हार बेहोरेको थियो ।

त्यस्तै दोस्रो खेलमा बिहीबार यूएईसँग ५ विकेटले पराजित भएको थियो । नेपाललाई अब बाँकी दुवै खेल जित्नुपर्ने दबाब छ ।

अमेरिकाले भने नेपाल र यूएई दुवैलाई हराइसकेको छ र लिग २ मा दबदबा कायमै राखेको छ ।

नेपालको प्लेइङ ११ : कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, रोहित पौडेल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुल्शन झा, नन्दन यादव, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी

नेपाल र अमेरिका लिग २ क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय