+
+

आश्रमको भवन प्रदेश सरकारले बनाउँछ : मन्त्री बराल

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ २७ गते २०:१३

२७ माघ,बुटवल । मानव सेवा आश्रमको प्रदेशस्तरको भवन निर्माणका लागि प्रदेश ५ सरकारले बजेट दिने भएको छ ।

प्रदेश सरकारका सामाजिक विकासमन्त्री सुदर्शन बरालले भवन निर्माणका लागि लाग्ने सबै खर्च प्रदेश सरकारले दिने घोषणा गरेका हुन् । प्रदेश सरकारले चालु आर्थिक वर्षमै भवन बनाउन २५ लाख रुपैयाँ विनियोजन गरेको र काम सुरु भएपछि लाग्ने सबै खर्च दिने बताए ।

आश्रमको भवन निर्माण तथा अक्षयकोष स्थापनाका लागि बुटवलमा सञ्चालित महायज्ञको समापनमा मन्त्री बरालले प्रदेश ५ लाई सडक मानवमुक्त बनाउने सरकारको योजनामा मानव सेवा आश्रमसँग सहकार्य गर्ने बताएका हुन् । ‘प्रदेशलाई सडक मानवमुक्त बनाउने प्रयास गत वर्षदेखि सुरु भएको हो,’मन्त्री बरालले भने, ‘सरकारको योजना र मानव सेवा आश्रमको अभियान एउटै भएकाले भवन बनाउन लाग्ने खर्च प्रदेश सरकारले दिन्छ ।’

मानव सेवा आश्रमले बुटवलको हिलपार्क परिसरमा चार तले भवन बनाउने तयारी गरेको छ । अपाङ्गतामैत्री र लिफ्टसहितको कम्तीमा ५० कोठाको चार तले भवन बनाउन एघार करोड रुपैयाँ बजेट लाग्ने अनुमान गरिएको छ ।

महायज्ञबाट करिब चार करोड रुपैयाँ संकलन

आठ दिनसम्म सञ्चालित महायज्ञबाट करिब चार करोड रुपैयाँ संकलन भएको छ ।

महायज्ञमा बुटवल उपमहानगरपालिकाले ३१ लाखसहित रुपन्देहीका अन्य नगरपालिकाहरुले समेत रकम प्रदान गरे । महायज्ञमा ३ करोड ६८ लाख रुपैयाँ संकलन भएको र खर्चको विवरण फागुन दोस्रो हप्ता सार्वजनिक गरिने महायज्ञका संयोजक लोकनाथ भुसालले बताए ।

महायज्ञ समापनका अवसरमा प्रदेश सभा सांसद भोजप्रसाद श्रेष्ठ,बुटवल उपमहानगरपालिकाकी कार्यवाहक प्रमुख गोमादेवी आचार्य,सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि अधिकारी,आश्रमका प्रमुख संरक्षक डा. गोविन्द टण्डन लगायतले मानवीय सेवाका लागि आयोजित महायज्ञमा लक्ष्य अनुसार सफल भएको धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?