Comments Add Comment

शरीरको शुद्धिकरण : एक सरल विधी

अचानक हामीमा आलस्य अनुभव हुन्छ ? अचानक अनुहारमा दाग, धब्बा देखापर्छ ? पाचन तन्त्र गडबडी हुन्छ ?

यदि त्यसो हो भने, हाम्रो शरीरमा विषाक्त तत्व बढेको छ । अब के गर्ने त ? कसरी शरीरबाट विषाक्त पदार्थ निकाल्ने ? कसरी शरीर शुद्धिकरण गर्ने ? यहाँ सामान्य विधी दिइएको छ ।

१. बिहान मनतातो पानीमा कागतीको रस हालेर सेवन गरौं । दिनमा दुई वा तीन पटक ग्रीन टि सेवन गरौं । ग्रीन टिमा एन्टिअक्सिडेन्ट हुन्छ, जो स्वास्थ्यका लागि एकदमै फाइदाजनक हुन्छ ।

२. थोरै पानीमा दालचीनीलाई भिजाएर रातभर राख्ने । यसलाई विहान उठेपछि थोरै अदुवा मिश्रण गरेर पिउनुपर्छ । यसले शरीरमा मेटाबोलिज्म वृद्धि हुन्छ र शरीरको मोटोपन कम हुन्छ ।

३. राती सुत्नुअघि अलैंची, मरिच, जिरा, धनियाको बिज पानीमा डुबाउने । बिहान उठेर यस मिश्रणलाई राम्ररी उमालेर पिउनुपर्छ ।

४. लसुनमा प्राकृतिक एन्टिबायोटिक गुण हुन्छ । यसले शरीरको विषाक्त पदार्थ बाहिर निकाल्छ ।

५. मौसमी फलफूल स्वास्थ्यका लागि एकदमै फाइदाजनक हुन्छ । फलमा भिटामिन, फाइबर र आवश्यक पोषक तत्व हुन्छ, जो हामीलाई तन्दुरुस्त बनाउँछ ।

सामग्री

–     १/३ कप पानी

–     १ टुक्रा अदुवा

–     १ टुक्रा कांक्रा

–     १ मुठा थनिया

–     एक वटा कागति

कसरी बनाउने ?

–     धनियालाई मसिनो टुक्रा गर्ने ।

–     कांक्रलाई पनि टुक्रा गर्ने ।

–     सबै सामाग्री ब्लेन्डरमा हालेर मिक्स गर्ने ।

–     अब यो पेय पिउनका लागि तयार भयो ।

–     यसमा स्वादको लागि मह पनि मिसाउन सकिन्छ ।

हरेक रात सुत्नुअघि यस पेय पिउनुपर्छ । केहि दिनमा बेग्लै अनुभव गर्न सकिनेछ ।

यी कुराबाट बचौं

–     गुलियो खानेकुराबाट बचौं । चिनीको सेवन सकेसम्म कम गरौं ।

–     मदिराजन्य पदार्थबाट बचौं । सूर्तिजन्य एवं धुमपान सेवन नगरौं ।

–     बजारमा पाइने सब्जीहरुमा विषाक्त पदार्थ अधिक हुन्छ । सकेसम्म अग्र्यानिक खानेकुरामा जोड दिनुपर्छ ।

–     बजारमा पाइने प्रशोधित खानेकुरा, चाउचाउ, विस्कुट, पानीपुरी, चटपटे, पकौडा, समोसा आदि खानेकुराले शरीरलाई विषाक्त बनाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment