Comments Add Comment

अमेरिकाविरुद्ध ओमानका दुई खेलाडीको शतक, २७७ रनको लक्ष्य

काठमाडौं । कप्तान जिसन मक्सुद र उपकप्तान अकिब इल्यासले शानदार शतक प्रहार गरेपछि ओमानले आइसीसी क्रिकेट विश्वकप लिग २ मा अमेरिकालाई २७७ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा भइरहेको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २७६ रन बनाएको हो ।

टिमको स्कोर ३१ हुँदा २ विकेट गुमाएको ओमानी इनिङ्स मक्सुद र एल्यासले सम्हाल्दै दोहोरो शतकिय साझेदारी गरेका थिए ।

तेस्रो विकेटका लागि यी दुईले २१६ रनको साझेदारी गरे । ४७औं ओभरको चौथो कलमा कप्तान मक्सुदलाई अमेरिकी कप्तान सौरभ नेत्रभाल्करले स्टेभेन टेलरबाट क्याचआउट गराएपछि यो साझेदारी टुटेको थियो । मक्सुदले १०९ बल खेल्दै १० चौका र ४ छक्काको मद्दतमा १०९ न बनाए ।

ओमाना लागि ओडीआईमा शतक बनाउने उनी दोस्रो खेलाडी बने । यसअघि नेपालविरुद्ध अकिब इल्यासले पहिलो ओडीआई शतक प्रहार गरेका थिए ।

उनै इल्यासले मंगलबार अमेरिकाविरुद्ध शतक प्रहार गर्दै लगातार दोस्रो शतक प्रहार गर्ने पहिलो ओमानी खेलाडी बने ।

उनले १२३ बल खेल्दै ११ चौका र १ छक्का मद्दतमा १०५ रन बनाए । ओमानका सन्दीप गौडले अविजित १३ रन बनाए ।

ओपनरद्वय खावर अलीले १० र जतिन्दर सिंहले ९ रन बनाए । यस्तै निसम खुशी ५ र विकेटकिपर सुजर कुमार ३ रन बनाएर आउट भए ।

मोहमम्द नदिम २ रनमा अविजित रहे । अमेरिकाका लागि कप्तान नेत्रभाल्करले १० ओभरमा ३ मेडन राख्दै ३७ रन खर्चेर ३ विकेट लिए । यस्तै रस्टी थेरोनले १० ओभरमा ६० रन खर्चेर ३ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment