Comments Add Comment

जाँदाजाँदै सर्वेन्द्र खनालको उदघाटन मोह !

‘जब अप्ठ्यारो आउँछ, सर्वेन्द्र खनाललाई खोज्नुहोला’

२८ माघ, काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल आफ्नो कार्यकालको अन्तिम दिन मंगलबार भवन उदघाटन व्यस्त भए ।

आइजीपीबाट विदा हुनुभन्दा केही घण्टाअघिको समयलाई सदुपयोग गर्दै खनालले मंगलबार प्रहरी प्रधान कार्यालयमा अडिटोरियम हलको उदघाटन गरे । त्यसपछि उनले महानगरीय प्रहरी पहरा गण, सामाखुशीको ब्यारेक भवनको पनि उद्घाटन गरे ।

ताम्रपत्रमा नाम लेखियोस् भन्ने मनसायबाट प्ररित भएर विदा हुने दिन भवन उदघाटन गरेको भन्दै केही प्रहरी अधिकारीहरु भने उदघाटन समारोहमा सरिक भएनन् ।

अपरान्ह ४ बजे प्रहरी प्रधान कार्यालयले खनालसहित अवकाश पाउने तीन एआईजी र डीआईजीहरुको विदाइ समारोह राखेको छ ।

‘जब अप्ठ्यारो आउँछ, सर्वेन्द्र खनाललाई खोज्नुहोला’

अडिटोरियम हल उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै खनालले आफ्नो कार्यकाल सफल भएको दाबी गरे ।

संगठनको सुधार एवं आन्तरिक सुदृढीकरणका लागि सदैव लागिपरेको उनले स्मरण गरे । आन्तरिक शुद्धीकरणका कारण नेपाल प्रहरी सर्वोत्कृष्ट भएको पनि खनालले बताए ।

 

आइजीपी खनालले आफ्नो कार्यकालमा प्रहरी प्रधान कार्यालयभित्र भौतिक संरचना निर्माणमा पनि थुप्रै काम भएको बताए ।

‘कालिकोट, रोल्पासहित १४ जिल्लाका अधिकृत जवानको मोरल उच्च बनाउनलाई म आफैं छाउपढीविरुद्धको अभियानमा सरिक भएँ’, उनले सुनाए, ‘जब–जब संगठनमा अप्ठ्यारो आउँछ, सर्वेन्द्र कहाँ छ भनेर पूर्वप्रहरी महानिरीक्षकलाई खोज्नुहोला ।’

पूर्वआईजीपी र नागरिकको हैसियतले प्रहरीले गर्ने राम्रो काममा पूर्ण समर्थन रहने पनि उनले बताए । उनले सबै प्रहरीले निष्ठापूर्वक, इमान्दारिताका साथ काम गर्नुपर्ने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment