Comments Add Comment

कर्मचारीमा अख्तियार देखाएर काम नगर्ने परिपाटी छ : मुख्यमन्त्री पौडेल

२८ माघ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई देखाएर काम नगर्ने परिपाटी मौलाउँदै गएको बताएका छन् ।

आयोगको २९ औं स्थापना दिवसको उपलक्ष्यमा हेटौंडा कार्यालयले गरेको कार्यक्रममा उनले काम नगर्ने कर्मचारीका लागि अख्तियार ठूलो हतियार भएको टिप्पणी गरे ।

भ्रष्टाचारलाई निर्मूल नपारी सुशासनयुक्त समाज नबन्ने भन्दै मुख्यमन्त्री पौडेलले अख्तियारको कामलाई प्रभावकारी बनाउन आग्रह गरे ।

कार्यक्रममा आयोगको हेटौंडा कार्यालयका प्रमुख सहसचिव शिवकुमार कार्कीले आयोगको एक सर्वेक्षण अनुसार स्थानीय तहमा भूष्टचार बढ्नुमा निर्वाचन प्रणाली प्रमुख रहेको पाइएको बताए ।

आयोगले गरेको सर्वेक्षणको आधारमा स्थानीय तहमा हुने भ्रष्टचार सम्बन्धि अवधारणा तयार पारिएको बताउँदै भ्रष्टचारमा कारबाही नहुनु र निर्वाचन प्रणाली खर्चिलो हुनुले भ्रष्टाचार न्युनीकरण नभएको पाइएको बताए ।

कार्यक्रममा पूर्वसांसद तथा भ्रष्टाचार विरुद्धको निगरानी संस्था चितवनका अध्यक्ष भीमबहादुर श्रेष्ठले भ्रष्टाचारमा राजनीतिक क्षेत्र र सरकारको नेतृत्व तहमा भएकाहरुबाट भ्रष्टाचार न्युनीकरण गर्नुपर्ने बताए ।

यस आर्थिक बर्षको छ महिनामै आयोगको कार्यालयमा आठसय ४१ उजुरी दर्ता भएको आयोगको हेटौंडा कार्यालयका प्रमुख सहसचिव शिवकुमार कार्कीले बताए ।

जसमध्ये पचास प्रतिशत उजुरी फर्च्छ्यौट भइसकेको छ छ। आयोगको कार्यालयले गतबर्ष सबैभन्दा बढी तीनसय ५१ वटा मुद्दा विशेष अदालतमा दर्ता भएको जनाएको छ ।

यस आर्थिक वर्षको छ महिनामै दुई सय ५८ मुद्दा विशेष अदालतमा दायर भइसकेकाले गत वर्ष भन्दा यसबर्ष बढी मुद्दा दायर हुने सहसचिव कार्कीले बताए । आयोगले यस अवधिमा एक सय ३३ वटा स्टिङ अपरेशन गरेको जनाउँदै आयोगको हेटौंडा कार्यालयबाट १५ वटा स्टिङ अपरेशन गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment