Comments Add Comment

स्तनपान गराउने आमाले के–के कुरामा ध्यान दिने ?

बेलाबखत  स्तनपान गराउँदा  आफ्ना बच्चाहरुले सही मात्रामा स्तनबाट दुध प्राप्त नभएको महसुस आमाहरुले गरेको पाइन्छ । त्यस्तो अवस्था जुम्ल्याहा बच्चाहरुमा झन् धेरै हुन्छ । किन भने आमालाई बच्चाले एउटा स्तनबाट एक जनाले स्तनपान गरेकोले उसको लागि त्यति स्तनपान पर्याप्त नभएको महसुस हुन्छ ।

त्यस्तो स्थितिमा सही पोजिसनलाई ध्यानमा राखेर बच्चालाई स्तनपान गराउने हो भने प्रायः बच्चाहरुले उसलाई आवश्यक पर्ने दुध आमाबाटै प्राप्त गर्न सक्छ । यो पत्ता लगाउनका लागि हामी एक प्रकारको जाँच गर्न सक्छौं । यदि बच्चाको पेट आमाको दुधले भरिएको छ भने २४ घण्टामा उसले ७–८ पटक पिसाव फेर्छ । त्यसका लागि बच्चाको चिसो न्यापीलाई गन्न सकिन्छ । बच्चा दुध पिएपछि २ घण्टासम्म सुत्छ कि सुत्दैन भन्ने कुरालाई पनि ध्यान दिनु पर्छ । उसको वजन उसको उमेर अनुसार बढेको छ कि छैन अर्थात हरेक हप्ता औषत १ सय ५० ग्रामसम्म बढ्छ भने बच्चाको पेट आमाको दुधले पूर्ण रुपले भरिएको छ भन्ने कुरा बुझ्नु पर्छ ।

स्तनपान पछि डकार्न लगाउनु पर्छ

डाक्टरहरुका अनुसार यदि तपाईंको जुम्ल्याहा बच्चाको आमा हुनु हुन्छ भने तपाईंले आफ्ना बच्चाहरुलाई धेरै ध्यान दिनु आवश्यक छ । तपाईंले आफ्ना बच्चाहरुलाई स्तनपान गराइ सकेपछि तुरुन्त बच्चालाई आफ्नो का“धंमा सुताएर उसको ढाडमा हल्का हातले सुम्सुमाउनु पर्छ । यसबाहेक तपाईंले बच्चालाई घोप्टो पारेर सुताएर उसको ढाड सुम्सुमाउन सक्नु हुन्छ । त्यसो गर्नाले बच्चाले डकार्छ र जसले उसको खाएको दुध पनि पच्छ, साथै उसले उल्टी पनि गर्दैन । त्यसो गर्नाले बच्चाको पेटमा ग्याँस पनि भरिदैन ।

आफूलाई पनि ध्यान दिनु पर्छ

नवजात शिशूका आमाहरुले बच्चासंग–संगै आफ्नो पनि हेरचाहमा ध्यान दिनु पर्छ । विशेष गरेर त्यो समयमा जब तपाईं बच्चालाई स्तनपान गराइरहनु भएको हुन्छ । यो समयमा आमाले राम्रो पोषणयुक्त भोजन खानु पर्छ । आमाले आफ्नो दिनहु“को खानामा हरियो तरकारी, फलफुल, दुध, दही, माछा, मासु, अण्डा, दाल, गेडागुडीहरु समावेश गर्नु पर्छ । आफ्नो शरीरलाई आराम प्रदान गर्नका लागि व्यायाम गर्नुको साथ–साथै पर्याप्त निद्रा पनि लिनु पर्छ ।

कस्तो पहिरन ?

यदि तपाईं शिशूलाई स्तनपान गराइरहनु भएकी आमा हुनुहुन्छ भने बाहिर निस्कने क्रममा तपाईंको पहिरनले तपाईंलाई स्तनपान गराउन बाधा पु¥याउन सक्छ । त्यस्तो अवस्थामा सार्वजनिक स्थानहरुमा पनि तपाईंले आफ्नो बच्चाहरुलाई स्तनपान गराउन सक्नु हुन्न । त्यसैले तपाईंले बाहिर निस्कनुअघि आफ्नो पहिरनमा ध्यान दिनु पर्छ । त्यसका लागि त्यस्ता टप्स अथवा कुर्ती किन्नु पर्छ, जसमा ब्रेस्टको स्थान खुल्ला होस् । त्यस्ता पहिरन घरबाट बाहिर निस्केको समयमा पनि बच्चाहरुलाई सजिलै स्तनपान गराउन सक्नु हुन्छ । स्तनपान गराउने आमाहरुले आफुसंग सल अथवा मर्फलर सधैं साथमा राख्नु पर्छ । यसबाहेक घरमा बस्दा पनि माथिबाट नै खुल्ने गाउन, म्याक्सि अथवा हल्का पहिरन लगाउन सक्नु हुन्छ । यदि तपाईं कुनै पार्टी अथवा समारोहमा सहभागि हुँदै हुनुहुन्छ भने पनि तपाईंले बच्चाहरुलाई स्तनपान गराउने कुरामा ध्यान दिनु पर्छ । त्यसैले फेशन एक्सपर्टको सल्लाह लिएर स्तनपान गराउन सजिलो हुने किसिमको पहिरन छनोट गर्नु पर्छ ।

यदि तपाईं जागिरे आमा हुनुहुन्छ भने आफ्नो ब्रेस्ट मिल्कलाई निकालेर स्टोर पनि गर्न सक्नु हुन्छ । बे्रस्ट मिल्कलाई स्टोर गर्नका लागि त्यसलाई फ्रिजमा राख्नु आवश्यक छैन । यसलाई सामान्य तपाक्रममा ६ घण्टासम्म सुरक्षित राख्न सकिन्छ ।

स्तनबाट दुध निकाल्नका लागि एउटा सफा कचौराको प्रयोग गर्नु पर्छ । आफ्नो हातको औंलाहरुले विस्तारै ब्रेस्ट निचोर्दै दुध निकाल्नु पर्छ । यदि तपाईंको बच्चा सुस्त छ अथवा दूध चुस्नमा केही समस्या छ भने डाक्टरसंग सल्लाह लिनु पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment