
२९ माघ, काठमाडौं । पुल्चोकको एक सुन पसलमा लुटपाट गरेको आरोपमा चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तीन भातरीय पुरुषसहित एक जना महिला छन् ।
महानगरीय प्रहरी परिसर, ललितपुरका डीएसपी सन्तोष तामाङले २१ माघमा शाक्य सुन पसलमा भएको चोरीमा संलग्न भएको देखिएपछि सुरज पोद्दार, चन्दन पोद्दार र रविन पोद्दारलाई पक्राउ गरिएको बताए ।
फाउ पर्ने महिलाको नाम खुलेको छैन । उनीहरुले बिहानको राति २ देखि ३ बजेको बीचमा ताला फुटाएर चोरी गरेका थिए । तर, पसलमा भएको सीसी क्यामराको आधारमा पक्राउ परेका छन् ।
प्रहरीका अनुसार कवाडी सामान संकलन गर्ने भेषमा दिनभर घुम्ने टार्गेट छान्ने गरेको देखिएको छ । प्रहरीका अनुसार उनीहरुले करिब एक करोड रुपैयाँ बराबरको गरगहना चोरी गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4