+
+
Shares

गुप्ताङ्गमा ब्राउन सुगर लुकाएर बोक्ने एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ २९ गते १९:२६

२९ माघ, कैलाली । कैलाली प्रहरीले लागूऔषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय टीकापुरबाट खटेको प्रहरी टोलीले जानकी गाउँपालिका–८ भोक्सीका २४ वर्षीय सुनिल भण्डारीलाई पक्राउ गरेको हो ।

भण्डारी सवार से २ प ७४९७ नम्बरको मोटरसाइलक रोकेर चेकजाँच गर्ने क्रममा उनले गुप्ताङ्गको भागमा लुकाएर राखेको अवस्थामा प्रहरीले ब्राउन सुगर बरामद गरेको थियो ।

उनले गुप्ताङ्गमा लुकाएर बोकेको १५ ग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । अदालतबाट सात दिनको म्याद थप गराएर भण्डारीमाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?