Comments Add Comment

धनगढीमा करेन्ट लागेर एक मजदुरको मृत्यु

१ फागुन, कैलाली । कैलालीको धनगढीमा करेन्ट लागेर एक जना मजदुरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका-१५ का २२ वर्षीय बिछोड चौधरी रहेका छन् ।

धनगढी उपमहानगरपालिका-१ वसन्त टोलमा घर निर्माणको काम गरिरहेका बेला अचानक करेन्ट लाग्दा उनी घाइते भएका थिए ।

करेन्ट लागेर गम्भीर घाइते भएका चौधरीलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल ल्याउँदै गर्दा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment