Comments Add Comment

सुटुक्क प्रशासनमा हाजिर भएर छुटे दुर्गा प्रसाईं

१ फागुन, काठमाडौं । मानहानी सम्बन्धी कसूरमा फरार मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईं प्रशासनमा सुटुक्क हाजिर भएर छुटेका छन् ।

बिहीबार बिहान जिल्ला प्रशासन कार्यालय, भक्तपुरमा उनी हाजिर भएका हुन् ।

हाजिर भएपछि उनलाई साधारण तारेखमा छाड्न भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले आदेश दिएकी छन् ।

मेडिकल कलेजको सम्बन्धन दिनका लागि २० करोड घुस मागेको आरोप लगाएपछि प्रसाईंविरुद्ध चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले मानहानीको मुद्दा हालेका थिए ।
साथै, उनले आफूविरुद्ध गुण्डागर्दी गरेर असुरक्षित बनाएको भन्दै जिल्ला प्रशासन कार्यालय, भक्तपुरमा पनि निवेदन दिएका थिए ।

निवेदनमाथि कारबाही गर्दै जिल्ला प्रशासन कार्यालय, भक्तपुरले २ माघमा  बीएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो ।

लगतै प्रहरी भक्तपुरस्थित उनको निवासमा पुगेको थियो । तर, उनी नभेटिएपछि प्रहरी फर्किएको थियो ।

त्यसयता प्रसाईं भारतमा लुकेर बसेको सूचना प्रहरीसँग थियो । आइतबार प्रहरी अनुसन्धान सकेर रायसहितको प्रतिवेदन जिल्ला प्रशासन कार्यालयमा पेश गरेको थियो ।

द्धारिका होटलमा मंसिर १५ मा उपाध्यक्ष गिरीले घुस मागेको प्रसाईंको दाबी छ । प्रसाईंले पत्रकार सम्मेलन गरेर डा. गिरीविरूद्ध अख्तियारमा उजुरी दिएको पनि बताएका थिए ।

उनले भनेका थिए, ‘म माथिका नेताहरुलाई पनि रकम बुझाउनुपर्छ भन्दै २० करोड मागियो । मैले सम्पत्ति शुद्धीकरण लगायतले गर्दा बैंकको पैसा यताउति गर्न मिल्दैन । १०/२० लाख, एक करोडसम्म भनेको बैग्ले कुरा हो । यत्रो पैसा चलाउन सक्दैनौं भनेँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment