Comments Add Comment

प्रशासनबाट छुटेपछि सम्बन्धनको माग गर्दै प्रसाईंले दिए निवेदन

१ फागुन, काठमाडौं । झापाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले मेडिकल कलेजको सम्बन्धन दिन माग गर्दै चिकित्सा शिक्षा आयोगमा निवेदन दिएका छन् ।

जिल्ला प्रशासन कार्यालय, भक्तपुरमा हाजिर भएर साधारण तारेखमा छुटेलगत्तै उनले आयोगमा निवेदन दिएका हुन् । यसअघि आयोगले निवदेन लिन अस्वीकार गरेको प्रसाईंको दाबी थियो ।

आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले निवेदन दर्ता भइसकेको अनलाइनखबरलाई बताए । ‘पहिले नियमसंगत रुपले आएको थिएन । अहिले दर्ता भएर प्रक्रियामा गइसकेको छ’, उनले भने, ‘हामी अध्ययन गरिरहेका छौं । आयोगले छिट्टै निर्णय लिन्छ ।’

तर, प्रसाईंले भने पहिले जुन निवेदन लिन मानिएको थिएन, अहिले त्यही दर्ता भएको दाबी गरे । उनले अनलाइनखबरसँग भने, ‘म १५ भदौमा त्यही निवेदन लिएर जाँदा दर्ता भएन । अहिले डा. गिरी आफैंले ३७० नं.मा दर्ता गर्नुभयो ।’

प्रसाईंले काठमाडौंमा पत्रकार सम्मेलन गरेर सम्बन्धनका लागि गिरीले २० करोड रुपैयाँ घुस मागेको दाबी सार्वजनिक गरेका थिए । लगत्तै गिरीले धम्की र गाली बेइज्यतीको कसुरमा प्रशासनमा उजुरी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment