Comments Add Comment

सरस्वतीलाई हराउँदै संकटा सातौं स्थानमा

काठमाडौं । साविक उपविजेता संकटा क्लबले यस सिजन शहीद स्मारक लिगमा सोही अनुसारको प्रदर्शन दोहोर्‍याउन सकेन । सिजनको आफ्नो अन्तिम खेलमा सरस्वती युथ क्लबलाई ६-२ ले पारजित गर्दै संकटाले शहीद स्मारक ए डिभिजन लिग २०७६ मा सुदख अन्त्य गरेपनि सातौं स्थान भन्दा माथि पुग्न सकेन।

बिहीबारको जितपछि १३ खेलबाट १८ अंक जोड्दै संकटा सातौंमा उक्लेको छ। संकटाको स्थान अझै सुनिश्चित भने छैन । समान १५ अंक रहेका च्यासल युथ क्लब र न्यूरोड टिम एनआरटीले अझै अन्तिम चरणका खेल खेल्न बाँकी छन् । त्यसैले संकटाले अझै कुर्नुपर्नेछ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा संकटाका लागि विदेशी खेलाडी मेसोके एटिग्नेले दुई गोल गरे । यस्तै सुभाष गुरुङ टिकाराज गुरुङ र रोशन पहारीले एक/एक गोल गरे भने एक गोल आत्मघाती भएको थियो ।

मेसोके एटिग्नेले खेलको पाचौ र ३३औं मिनेटमा गोल गरेका थिए । सुभाषले ३७औं मिनेटमा गोल गर्दै संकटालाई पहिलो हाफमै ३-० को अग्रता दिलाए । यस्तै टिका राजल ५६औं र रोसनले ८३औं मिनेटमा गोल गरे । सरस्वतीका पूर्ण बहादुर श्रेष्ठले ६५औं मिनेटमा आत्मघाती गोल गरेका थिए ।

सरस्वतीका लागि दुवै गोल विदेशी खेलाडी काजिम बुसारीले गरे । उनले ६६औं र ७९औं मिनेटमा गोल गरे । दुई गोलपछि बुसारी च्यासलका सन्तोष साहुखलसँगै सर्वाधिक गोल गर्नेमा दोस्रो स्थानमा उक्लेका छ्न । एपीएफका आशिष लामा ९ गोलसहित शीर्ष स्थानमा छन् ।

यसअघि नै रेलिगेसनमा परिसकेको सरस्वतीले लिगमा १३ खेलबाट जम्मा ४ अंक मात्र जोड्न सक्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment