+
+
Shares

आजको संसदमा प्रधानमन्त्रीको सम्बोधन, सरकारका कामबारे जानकारी दिने

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २ गते ७:५५
संसदमा प्रधानमन्त्री केपी शर्मा ओली । फाइल फोटो

२ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकलाई आज सम्बोधन गर्ने भएका छन् । सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले आफ्नो दुई वर्षे कार्यकालमा सरकारले गरेका कामबारे जानकारी दिनेछन् ।

प्रतिनिधिसभाको बैठक आज दिउँसो दुई बजे बस्दै छ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले अनलाइनखबरसँग भने, ‘दुई वर्षे कार्यकालको सन्दर्भमा दुई गते, दुई बजे प्रधानमन्त्रीज्यूले संसदलाई सम्बोधन गर्नु हुने छ ।’

ओलीले नेतृत्व गरेको वर्तमान सरकार यही फागुन ३ गते दुई वर्ष पुग्दैछ ।

सम्बोधनको क्रममा ओलीले सरकारका कामकारबाहीबारे जानकारी दिनुका साथै समसामयिक घटनाक्रमका विषयमा समेत बोल्ने उनको सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभा सचिवालयका अनुसार प्रधानमन्त्री ओलीले बैठकको सुरुमै संसद बैठकलाई सम्बोधन गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?